८ वैशाख २०८१ शनिबार
राजनीति

सिक्दै डेढ वर्ष बित्यो : उपसभामुख

काठमाडौँ- सङ्घीय संसद र प्रदेशसभाका उपसभामुखले डेढ वर्षसम्म सङ्घीयता अनुरुपका संविधान कार्यान्वयनका काम सिक्दै बितेको अनुभव सुनाएका छन्।    
     
उपसभामुखको मङ्गलबार भएको भेलाका बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सङ्घीय संसदमा निरन्तर अभ्यास भइरहेको भए पनि प्रदेशमा विशुद्ध नयाँ अभ्यास भएको हुँदा सिक्नैमा धेरै समय खर्च भएको उपसभामुखले आफ्ना अनुभव सुनाएका हुन्।     
     
प्रतिनिधिसभका उपसभामुख शिवमाया तुम्बाहाम्फेले नेपालको इतिहासमा नयाँ नेपालको संविधानले परिकल्पना गरेको संघीय शासन व्यवस्था अनुसार सङ्घ र प्रदेशमा संविधान कार्यान्वयनको अभ्यास गर्दै समय बितेको बताए।

'सङ्घीय संसद र प्रदेशसभासँग सहकार्य, समन्वय र समन्यायिक तरिकाले सकरात्मक ढङ्गले भूमिका लेखिरहेको छ, साढे एक वर्षको अनुभव र सिकाइ पनि यही रह्यो', सङ्घीय संसदका उपसभामुख तम्बाहाम्फेले भने, 'नेपालको इतिहासकै सङ्घीयतको नयाँ अभ्यास हो, यसमा महिलालाई उपसभामुख भएर काम गर्न अवसर मिल्यो, जुन सकारात्मक छ।'   
     
राष्ट्रियसभामा उपाध्यक्ष शशिकला दाहालले आफूहरु प्रदेशसभाबाटै चुनिएर आएको स्मरण गर्दै प्रदेशसभासँग समन्वय र सहकार्य गरेर नै अगाडि बढेको र समग्रको नेपालको संविधान कार्यान्वयनकै मूल भावका साथ काम गरिरहेको बताए।

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला जोशीले जीवनमा नयाँ काम गरेर अनुभव गर्ने मौका मिलेको उल्लेख गर्दै सभामुख नभएको अवस्थामा र भएको अवस्थामा पनि सहकार्य गरेर अघि बढिरहेको अनुभव सुनाए।     
     
कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले सङ्घीयताको खास अभ्यास नै प्रदेशले गरेको र प्रदेशका सभामुख र उपसभामुख आफैंले व्यवस्थापनको कामसमेत गर्नुपरेको अनुभव सुनाए। प्रदेश नम्बर २ का उपसभामुख उपमा देवले सभामुख नभएको अवस्थामा आफूले सदन चलाएको रमाइलो अनुभव रहेको र सिक्दै काम गर्दै समय बितेको बताए।     
     
उपसभामुखको यसअघि पनि चन्द्रागिरिमा भेला भएको थियो। समग्रमा मङ्गलबारको भेलामा संविधान कार्यान्वयन प्रभावकारी तरिकाले गर्ने, सभामुखसँग समन्वयनमा काम गर्ने, आफ्नो र समग्र महिलाका नेतृत्व विकास गर्ने विषयमा छलफल भएको थियो। रासस

प्रकाशित: ८ आश्विन २०७६ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App