coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सरकारी निकाय भन्छ– तरकारीको भाउ चाऊचाऊ विस्कुटको जस्तो होइन

काठमाडौं– चार्डपर्वको बहाना बनाएर व्यापारीले आफुखुसी तरकारीको भाउ बढाउन थालेका छन्। एक साताको अवधिमा अधिकांश तरकारीको मूल्य बढेको छ। तर, सरकारी निकाय भने बेखर जस्तै देखिन्छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेडा,प्याज, बोडी, लौका, करेला, साग, परवाल, फर्सि, च्याउ, काक्रो, स्याउ लगायत अधिकांश फलफूल तथा तरकारीको भाउ बढेको छ। तर, घटेका केही तरकारीको पनि व्यवसायीले पुरानै भाउमा विक्रि वितरण गर्दै आएका छन्।

यता खुद्रा व्यवसायीले भने आफुहरुले बजार मै मूल्य वृद्धि भएकाले भाउ बढाउनु परेको तर्क गर्छन्। ‘हामीले कालिमाटीमा तिरेका भाउ अनुसार तरकारी बेच्ने हो’ जोरपाटीका एक व्यवसायीले भने,‘हामीले  खरिद गरेको दरमा थोरै फाइदा राखेर विक्रि गर्ने गरेका छौ।’ उनले तरकारीको भाउ वृद्धि भएकाले पर्याप्त तरकारी खरिद गरेर विक्रि गर्न सक्ने अवस्था नरहेको बताए।

एक साताको अवधिको तुलना गर्दा तरकारीको भाउ वृद्धि भएको देखिन्छ। तरकारी तथा फलफूलको भाउ अचाक्ली वृद्धि भएपछि अधिकारकर्मीहरुले त्यसको विरोध गरेका छन्। अधिकारकर्मी प्रेमलाल महर्जनले गत साल भन्दा अहिले तरकारीको भाउ दुई गुनाले वृद्धि भएको भन्दै विरोध गरेका छन्। ‘तरकारी साग सब्जी गत साल भन्दा दुई गुनाले र मासुजन्यमा डेढ गुनाले वृद्धि  भएको छ’ महर्जन भन्छन्,भाऊ बढ्दा पनि किन बढ्यो भन्ने समेत विचार गर्दैनन् अर्थमन्त्री।’ उनले दशै तिहारको समयमा बजारमा झनै समस्या हुने गरेको बताएका छन्। ‘सरकार दुई तिहाईको डम्फू बजाई बजारमा अभाव हुँदैन मूल्य  नियन्त्रणमा छ भन्दै नौंटंकी नाच्दै छ’ उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्।

यता  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप–निर्देशक बिनय श्रेष्ठले बजारमा तरकारीको भाउ फरक पर्नसक्ने भन्दै पन्छिन खोज्छन्। ‘तरकारीको मूल्य बिस्कुट चाउचाउ जस्तो एक्कैनाश हुँदैन’ उप–निर्देशक श्रेष्ठले भने,‘हामीले मूल्य तोक्ने हो, बाँकी व्यवसायी अनुसार निर्भर पर्छ।’ उनले तरकारीको भाउ नियन्त्रण आफ्नो कार्यक्षेत्र नभएको समेत प्रष्ट्याए।

‘बेमौसी मौसमका कारण पनि तरकारीको अभाव भएको हुनसक्छ, यति खेर मुल्य स्वभाविक रुपमा वृद्धि हुन्छ’ उप–निर्देशक श्रेष्ठले भने। उनले उपभोक्ता सचेत नरहाँ पनि मूल्यमा एकरुपता हुन नसकेको दाबी छ। ‘उपभोक्ता सचेत हुनुपर्छ, महंगो मूल्यका तरकारी खरिद नगर्न पनि सकिन्छ’ आफुपनि उपभोक्ता भएको तर्क गर्दै उनले भने।

यता अनुगमन र कारबाहीको जिम्मेवारी पाएको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने वेखबर जस्तै देखिन्छ। विभागका प्रवत्ता रघुनाथ महतले आफु तरकारीको भाउबारे जानकार नभएका जबाफ दिए। ‘म तरकारीको बजारभाउ बारे त्यति जानकार छैन’ उनले भने । उनले उक्त विषयको जानकारी विभागका अन्य व्यक्तिसंग लिन सुझाए।

प्रकाशित: ८ आश्विन २०७६ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App