coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बहुविवाह र बालविवाह गर्नेलाई १४ वर्ष कैद फैसला

सांकेतिक तस्बिर

मुगु– जिल्ला अदालतले पहिलो पटक बहुविवाह, बालविवाह, जबरजस्तिकरणी सम्बन्धि एक जनालाई १४ वर्ष कैद राख्ने फैसला र एक जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

जिल्लाका चारवटै स्थानीय तहमा  धार्मिक परम्परागत होस् या मन मिलेर गरिने  विवाहमध्य अधिंकाश विवाह कानुनी निकायको आँखा छलेर उमेर नपुगी बालविवाह गरेको पाइन्छ। बालविवाहकै कारण बुहविवाह हुने गरेको हो। खत्याड गाँउपालिका—६ का २२ वर्षीया भीमराज शाहीले  घरमा पत्नि हुँदा हुँदै उमेर नपुगेको बालिकासँग दोस्रो विवाह गरेको भन्दै शाहीको पत्निले गएको  पुस  २२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन्।

जिल्ला अदालतले आरोपितलाई माघ १० गते पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएको थियो। सोही मुद्धालाई जिल्ला अदालतले भदौ २६ गते शाहीलाई बहुविवाह, बालविवाह र जबरजस्तिकरणी गरेको ठहर गरी १४ वर्ष कैद र पीडितलाई ३ लाख क्षतिपुर्ति दिनुका साथै उमेर नपुगेर शाहीसँग दोस्रो विवाह गरेकी बालिकालाई दुई वर्ष कैद २० हजार जरिवानाको फैसला गरेको हो।

घरमा पत्नि हँुदा हँुदै उमेर नपुगेकी बालिकासँग दोस्रो विवाह गरेको आरोपमा छाँयानाथ रारा नगरपालिका—१ का धुब्रकुमार मल्लविरुद्ध उनकी जेठी पत्निले जिल्ला प्रहरी कार्यालयमा भदौ २० गते बहुविवाह सम्बन्धि जाहेरी दर्ता गराईन। प्रहरीले आफनो अनुसन्धान पश्चात सरकारी वकिल कार्यालयमा पठाएको यो मुद्धा सरकारी वकिलले  जिल्ला अदालतमा बहुविवाह, बालविवाह र जबरजस्तिकरणी सम्बन्धि असोज ६ गते थुनछेक मुद्धा दर्ता गराईएको थियो।

जिल्ला अदालतका न्यायाधीश रोमनाथ अधिकारीको एकल इजलासले मंगलबार आरोपित मल्ललाई बहुविवाह, बालविवाह र जबरजस्तिकरणी सम्बन्धि पुर्पक्षका लागी थुनामा राख्ने र मल्लसँग उमेर नपुगी विवाह गरेको आरोपित बालिकालाई अभिभावकको संरक्षणमा जिम्मा दिने आदेश भएको जिल्ला अदालत मुगुका श्रेष्तदार रुद्धप्रसाद अर्यालले जानकारी दिएका हुन्।

जिल्ला अदालतमा दर्ता भएका बहुविवाह सम्बन्धि मुद्धा फैसला तथा आदेश धेरै संख्यामा छन्। बहुविवाह, बालविवाह र जबरजस्तिकरणी सम्बन्धि यी दुई  मुद्धा दर्ता भएको पहिलो पटक हो। बहुविवाह, बालविवाह र जबरजस्तिकरणी  सम्बन्धि  मुद्धा जिल्ला अदालत मुगुबाट फैसला तथा आदेश भएको पहिलो घटना भएको कानुन व्यवसायी कुबेरजङ्ग शाहीको भनाई छ। शाहीका अनुसार बालविवाहले गर्दा बहुविवाहका घटना हुन्छन्। उमेर नपुग्दै गरेको विवाह कानुन विपरित हो ,सर्वसाधरणमा यो विषयमा जानकारी हुँदाहुँदै पनि समाजमा बालविवाहले जरो गाडेको छ। अदालतले गरेको यो दुई घट्नाको फैसला र आदेशले बालविवाह  र बहुविवाहबिरुद्धको लागि राम्रो सन्देश जाने कानुन विदहरुले बताएका छन्। 

जिल्लामा उमेर नपुग्दै विवाह हुने भए पनि कसैले जाहेरी नदिँदा बालविवाहको अवस्था के छ भन्ने बास्तविकता आउन सकेको छैन्। बालबालिकाको मन मिलेपछि अभिभावकले कानुनी कठघरामा जाने डरले पढाउने बहानामा नेपालगञ्ज काठमाडौं पठाउने गरेका कारण पनि बालविवाहको अवस्था बाहिर आउन नसकेको हो।

प्रकाशित: ८ आश्विन २०७६ १०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App