coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कृषिमा नेपालको ठूलो श्रम शक्ति अलमलियोः मुख्यमन्त्री पोखरेल

रुपन्देही– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले परम्परागत कृषिका कारण नेपालको ठूलो श्रम जनशक्ति अलमलिएको बताएका छन्। उनले विगतदेखि नै परम्परागत रुपा कृषि गर्ने तर व्यवसायिक बन्न नसक्दा त्यहि कृषिमा ठूलो श्रम शक्ति अलमलिएकाले त्यो जनशक्ति अन्यत्र परिचालन गर्नुपर्ने बताए। 

सामाजिक विकास मन्त्रालयले बुधबार बुटवलमा गरेको प्रदेश रोजगार सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश सरकारले कृषिलाई आधुनिकिकरण गरेर कृषिको जनशक्तिलाई अन्य क्षेत्रमा लगाउने योजनामा रहेको बताए। उनले प्रदेशको समृद्धि कृषि नै पहिलो भएको बताउँदै अब निर्यात र आयात प्रतिस्थापन गर्ने गरि उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिए।

प्रदेश ५ मा कृषि मार्फत खाद्यान्नमा आत्मनिर्भर भएर कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशलाई निर्यात गर्न सक्ने हैसियत राख्ने भएकाले रोजगारीका लागि समेत ठूलो अवसर रहेको उनले बताए। प्रदेशमा दुई वटा ठूलो भन्सार नाका, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारले व्यापारको हिसाबले पनि ठूलो बजार क्षेत्र समेट्ने उनले बताए। 

मुख्यमन्त्री पोखरेलले कृषि, उद्योग र पर्यटनबाट ठूलो रोजगारीको अवसर सृजना गर्ने र त्यसैबाट प्रदेशको विकासलाई अघि बढाउन सकिने बताए। उनले प्रदेश ५ मा सिमेन्ट उद्योग, इट्टाभट्टी जस्ता उद्योगमा नेपाली कामदारको अभाव भएकाले त्यस्तो क्षेत्रका जनशक्ति उत्पादनमा पनि ध्यान दिन आग्रह गरे। कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर पोखरेल लगायतले पनि बोलेका थिए। 

एक दिने प्रदेशस्तरीय रोजगार सम्मेलनमा प्रदेश ५ को सम्भावित रोजगारीका क्षेत्र र त्यसमा निजी क्षेत्रको सहकार्यका बारेमा पनि छलफल गरिएको थियो। सम्मेलनमा फ्यूज मेशिन, जेनिश, श्रीनगर एग्रो फर्म, रोजगारी पसल र मोरङ अटो वक्र्ससपले कसरी रोजगारी सृजना गरेका छन भनेर प्रस्तुति राखेका थिए। प्रदेश सरकारले यूके एडको रोजगारीको लागि सीप कार्यक्रमसँग सहकार्य गरेर सम्मेलनको आयोजना गरेको हो।

प्रकाशित: ८ आश्विन २०७६ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App