७ वैशाख २०८१ शुक्रबार
अर्थ

आज पतञ्जली उद्योग उद्घाटन

बारा- एक अर्ब ५० करोड रुपैयाँ लगानीमा कलैया–वीरगन्ज सडक खण्डको प्रसौनीमा खुलेको पतञ्जली आयुर्वेद उद्योगको उद्घाटन बिहीबार हुँदैछ। आयुर्वेदिक औषधि, कस्मेटिक र खाद्यपदार्थ उत्पादन गर्ने यस उद्योलको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी, योगगुरु रामदेव, आचार्य बालकृष्ण र गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको उद्योगका प्रबन्धक प्रकाश सिंहले बताए।

योगगुरु रामदेव र आचार्य बालकृष्णले भारतको हरिद्वारमा स्थापना गरेको पतञ्जली आयुर्वेद लिमिटेड र उपेन्द्र महतोको संयुक्त लगानी रहेको यस उद्योलले देशमा उत्पादन हुने जडीबुटीको प्रयोग गरी आयुर्वेदिक औषधि, कस्मेटिक सामग्री र खाद्यपदार्थ उत्पादन गर्ने लक्ष्य लिएको सिंहले बताए।

प्रकाशित: ९ मंसिर २०७३ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App