७ वैशाख २०८१ शुक्रबार
समाज

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौँ- काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा आज बिहान बा ५ ख ७३११ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पर्सा घर भई काठमाडौँ भोटेबहाल बस्दै आएका ४० वर्षीय भीम लामाको मृत्यु भएको हो।     
     
प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ। रासस

प्रकाशित: ८ आश्विन २०७६ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App