अमेरिका र इरानलाई वार्तामा बस्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

बुधबार, ०८ असोज २०७६, १२ : ४८ नागरिक

संयुक्त राष्ट्रसंघ- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले संयुक्त राज्य अमेरिका र इरानलाई वार्तामा बस्न आग्रह गरेका छन्। उनले यी दुवै देशलाई वार्तामा बस्ने समय भइसकेको बताएका हुन्।   
     
उनले भने– मलाई विश्वास छ आणविक सम्झौताका विषयमा अब अमेरिका र इरानले टेबलमा बसेर विवाद सुल्झाउनुपर्छ र यस सम्झौताका हस्ताक्षरकर्ता राष्ट्रहरुसँग बसेर छलफल गर्नुपर्छ।     

सन् २०१५ को आणविक सम्झौताको नामै लिएर उनले सो आग्रह गरेका थिए। विश्वका विभिन्न शक्तिराष्ट्रहरले इरानसँग उक्त आणविक सम्झौता गरेका थिए। उक्त सम्झौताको हस्ताक्षरकर्ता रहेको अमेरिकाले भने उक्त सम्झौताबाट आफू अलग्गिएको घोषणा गरेको थियो।     
     
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोले सो आग्रह गरेका हुन्। उनले इरानले आणविक उत्पादन र विकास भने नगरेको बताएको समाचारमा जनाइएको छ।     

फ्रान्सेली राष्ट्रपति म्याक्रोले इरानमाथि आणविक सम्झौताका विषयलाई लिएर दवाब मात्र दिँदा त्यसले क्षेत्रीय रुपमा तनावमात्र उत्पन्न गर्नेहुँदा यस विषयलाई वार्ताको माध्यमबाट समधान गर्नुपर्ने धारणा राखेका हुन्।    
     
साथै हालैमात्र साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा भएको हमलाको यमनको हुथी विद्रोहीले जिम्मेवारी लिएको भए पनि अमेरिकाले भने त्यस घटनामा इरानको हात रहेको आरोप लगाएको प्रसंग पनि आफ्नो सो सम्बोधनका क्रममा उल्लेख गरेका थिए।     
     
यस्तै कारणहरुले पनि पछिल्लो समयमा यस क्षेत्रमा द्वन्द्वको अवस्था सृजना भएको र यसले कुनै पनि देशलाई राम्रो नगर्ने उनले बताएका छन्। अनुमानका आधारमा गरिने यस्ता दोषारोपणहरुले समस्याको शान्तिपूर्ण समाधानलाई भन्दा पनि द्वन्द्व बढाउने कामलाई सघाउने उनले बताए। रासस






यसमा तपाईको मत

अन्य समाचार

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

Ncell Footer Ad