८ वैशाख २०८१ शनिबार
खेल

दुबिधा लिएर श्रीलंकाली टोली पाकिस्तानतर्फ

कोलम्बो– श्रीलंकन क्रिकेट टोली दुबिधाका बीच पाकिस्तान भ्रमणमा निस्किएको छ। श्रीलंकाले २००९ मा भएको आतंककारी हमलापछि पहिलो पटक पाकिस्तान भ्रमण गर्न लागेको हो।

तर यसअघि नै श्रीलंकन टोलीका १० शीर्ष खेलाडीले पाकिस्तानको सुरक्षा अवस्थामा निश्चिन्त हुन नसकेको भन्दै भ्रमण टोलीबाट नाम फिर्ता लिएका थिए। श्रीलंकन ट्वान्टी–२० टोलीका कप्तान धसुन सनाकाले भने पाकिस्तान भ्रमणमा कुनै पछुतो नभएको बताएका छन्। श्रीलंकन टोलीले यसअघि २०१७ मा पनि ट्वान्टी–२० शृंखलाका लागि पाकिस्तान भ्रमण गरिसकेको छ।

‘म यसअघि पनि पाकिस्तान भ्रमणमा गएको थिएँ,’ सनाकाले भने, ‘पाकिस्तानले हामीलाई उचित सुरक्षा दिनेमा म विश्वस्त छु। भ्रमणअघि नै विभिन्न आशंका गर्नुको कुनै अर्थ छैन।

’श्रीलंकन खेलाडीमाथि भएको आतंककारी हमलापछि पाकिस्तान भ्रमण गर्न अन्य राष्ट्रले अस्वीकार गर्दै आएका छन्। सो आक्रमणमा आधा दर्जनभन्दा बढी प्रहरीको मृत्यु भएको थियो भने केही श्रीलंकन खेलाडीसमेत घाइते भएका थिए।

पाकिस्तानले सुरक्षा व्यवस्थाका बारेमा निश्चिन्त बनाएपछि मात्र श्रीलंकाले भ्रमणका लागि सहमति दिएको थियो। त्यसयता पाकिस्तानले युएईमा घरेलु शृंखला आयोजना गर्दै आएको छ। तीन एकदिवसिय शृंखलाको पहिलो खेल सेप्टेम्बर २७ मा कराचीमा हुनेछ। 

 

 

प्रकाशित: ८ आश्विन २०७६ ०५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App