८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनजनाको मृत्यु

लहान - धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहा स्थित एक होटलमा विजुलीको तार सर्ट भइ करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ।

पोर्ताहा स्थित पूर्वेली होटलमा विजुलीको तार सर्ट हुँदा करेन्ट लागेर सञ्चालक शिवकुमार महतो(सुडी) उनकी श्रीमती र अर्की एक कामदार महिलाको मृत्यु भएको प्रहरी चौकी पोर्ताहाका असई लालबहादुर तामाङ्गले जानकारी दिए।

राती अन्दाजी १० बजेतिर होटलमा विजुलीको तार सर्ट भएर शिवकुमार लाई करेन्ट लागेको थियो। उनलाई जोगाउन खोज्दा उनकी श्रीमतीलाई र कामदार महिलालाई पनि करेन्ट लागेको असई तामाङ्गले बताए। बुद्यबार बिहान होटल नखुलेपछि स्थानीयले सोधीखोजी गर्दा तीनैको जना होटलभित्रै मृत्यु भएको अवस्थामा भेटिएको थियो। स्थानीयको खबरपछि पुगेको प्रहरीले शव सनाखत गरि परिक्षणका लागि पठाउने तयारी गरिरहेको छ।

स्थानीय जयकुमार पासवानका अनुसार यस क्षेत्रमा गैरकानुनी रुपमा सञ्चालित करिब आधा दर्जन क्रसर उद्योगका कारण विजुली सर्ट भैरह्ने समस्याले स्थानीयबासी पिरोलिएका छन्। यस होटलमा विजुली सर्ट हुनुको कारण पनि यी क्रसर उद्योग नै भएको भन्दै स्थानीय विरोधमा उत्रेका छन्।

 

प्रकाशित: ८ आश्विन २०७६ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App