coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बैंकबाट रकम ट्रान्सफर गरी ५३ लाख लुटपाट, महिलासहित १० जना पक्राउ

काठमाडौं - प्रहरीले कृषि विकास बैंकको रकम ट्रान्सफरगरी  लुटापाट गरेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती अबेरसम्म प्रहरीले उनीहरलाई काठमाडौ र काठमाडौ बाहिरबाट नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार कृषि विकाश बैंकको केन्द्रीय शाखाबाट करिब ५३ लाख रुपैयाँ रकम टान्सफर गरी एटिएमबाट निकालेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

कृषि विकास बैंकको विभिन्न शाखामात्र ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीले जनाएपनि कसरी निकालियो भन्ने बारेमा प्रहरी आफै अन्यौलमा परेको छ ।

यसरी ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ रहेका छन् । प्रहरीका अनुसार तीन करोड रुपैया ट्रान्सफर भएको देखिएको छ ।

प्रकाशित: ८ आश्विन २०७६ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App