७ वैशाख २०८१ शुक्रबार
कला

बजारमा ‘सुनको पहाड’

काठमाडौं, असोज ७ (नागरिक) – साहित्यकार विष्णु भण्डारीको उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ। राजधानीको मण्डला थिएटरमा आयोजित कार्यक्रममा लेखक अर्चना थापा, राम कार्की र एकराज भण्डारीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।

कार्यक्रममा बोल्दै लेखक अर्चना थापाले जनयुद्धको जटिल पक्षलाई पुस्तकमा समेटिएको बताइन्। ‘उपन्यासमा पात्रलाई प्रस्तुत गर्ने परम्परागत शैलीलाई भंग गरेर नयाँ शैली निर्माणमा जोड दिएका छन्। लेखकले महिलालाई अघि सारेर सामाजिक न्याय र समानताको पक्षमा उभिएका छन्। पुस्तक लेखन शैली र कथ्य दुवै हिसाबले बलियो रहेको छ,’ उनले भनिन्।
त्यस्तै पूर्वमन्त्री राम कार्कीले उपन्यासमा जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारले भोग्नु परेको पीडालाई प्रस्तुत गरेको बताए। ‘उपन्यासको सबैभन्दा बलियो पक्ष भनेको भाषाशैली हो। त्यसबाहेक घटनाको प्रस्तुति सही र रोचक तरिकाले गरिएको हुँदा उपन्यास पढुँपढुँ लाग्ने खालको बनेको रहेछ,’उनले भने। पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेका छ।

प्रकाशित: ८ आश्विन २०७६ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App