१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मापसे गरेका प्रअ प्रहरी फन्दामा

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिमा मादक पदार्थ सेवन गरेर शैक्षिक कार्यक्रममा पुगेका प्रधानाध्यापक फन्दामा परेका छन् ।

नगरपालिकाले सोमबार आयोजना गरेको प्रावि तहका प्रअ र विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको एकदिने अन्तरक्रियात्मक छलफल तथा प्रतिबद्धता कार्यक्रममा मातेर पुगेका मुलाबारी आधारभूत विद्यालय निर्मलीडाँडाका प्रअ खम्बराज राई प्रहरीको फन्दामा परेका हुन् ।

हल्लिँदै कार्यक्रमस्थलमा पुगेर होहल्ला गरेपछि प्रहरीलाई खबर गरेर कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिन लगाइएको मेयर दीपनारायण रिजालले बताए । दिउँसोदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएका प्रअलाई राति आफन्तको जिम्मामा छाडिएको प्रहरीले जनाएको छ । प्रअ राईमाथि नगरपालिकाले शिक्षा ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

नगरपालिकाको शिक्षा ऐनमा विद्यालय समयमा मादक पदार्थ सेवन गरेको प्रमाणित भए सेवाबाटै हटाउन सकिने व्यवस्था छ ।

प्रकाशित: ८ आश्विन २०७६ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App