८ वैशाख २०८१ शनिबार
समाज

शिक्षक नायकलाई अभिमूखीकरण

सोलुखुम्बु – प्रदेश सरकारको कार्यक्रम ‘म अघि बढ्छु’ सगरमाथा टिन्स क्लबका माविबाट छनोट भएका शिक्षक नायकहरूलाई एकदिने अभिमूखीकरण गरिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगरको आयोजनामा सोलुखुम्बुका ८ वटै स्थानीय तहका ४४ वटा माविले सगरमाथा टिन्स क्लबलाई नेतृत्व प्रदान गर्न छनोट गरी पठाएका शिक्षकलाई विपद् न्यूनीकरण, लागुऔषध दुव्र्यसनी, ‘म अघि बढ्छु’ कार्यक्रमको कार्यविधिलगायत विषयमा अभिमुखीकरण गरिएको कार्यक्रमका प्रशिक्षक विकास श्रेष्ठले बताए।

सहभागी शिक्षक नायक तथा गार्मा माविका शिक्षक युवराज खतिवडाले सो कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको सम्पूर्ण सहभागी शिक्षकको तर्फबाट प्रतिबद्धता जाहेर गरे। सगरमाथा टिन्स क्लबमा कक्षा ९ देखि कक्षा १२ सम्मका १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीलाई गोलबन्द गर्ने र विद्यालयमा आधारित सचेतना तथा जागरणमूलक कार्यक्रम सञ्चालन गर्ने, लागु औषध दुव्र्यसनको प्रयोगलाई न्यू्नीकरणका लागि शैक्षिक पाठ्यक्रम, तालिमलगायत कार्यक्रम सञ्चालन गर्ने तथा किशोरकिशोरीलाई समाजप्रति जिम्मेवार बनाउनेलगायत क्रियाकलाप सञ्चालन गरिनेछ।

प्रदेश सरकारले सगरमाथा टिन्स क्लब सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ बनाएर कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। मावि तहका शिक्षक नायकलाई ‘म अघि बढ्छु’ सगरमाथा टिन्स क्लब लेखिएको लोगो र निर्देशिका वितरण गरिएको छ।

प्रकाशित: ८ आश्विन २०७६ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App