८ वैशाख २०८१ शनिबार
समाज

यस्ताे छ दसैं तिहारमा ट्राफिक प्रहरीकाे सुरक्षा याेजना

काठमाडाैं- महानगरिय ट्राफिक प्रहरी महाशाखाले बडादशैं, तिहार र छठ पर्वको अवसरमा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुरक्षा योजना बनाएकाे छ। जसअनुसार विशेष चेकिङ्गको ब्यबस्था गरेकाे छ। 

३६८ स्थानहरुमा नियमित ड्युटीका लागि ७५० जनशक्ति परिचालन भईरहेकोमा चाडपर्वका समयमा ४३० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको जनाएकाे छ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुरक्षा योजना
- नाका, व्यापारिक क्षेत्रहरू भिडभाड तथा बसपार्क एरियामा थप जनशक्ति परिचालन
 ३६८ स्थानहरुमा नियमित ड्युटीका लागि ७५० जनशक्ति परिचालन भईरहेकोमा चाडपर्वका समयमा अतिरिक्त थप आवश्यक ४३० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको 
- उपत्यकाका मुख्य व्यस्त रहने व्यापारिक स्थानहरु (न्यूरोड, भोटाहिटी, दरबारमार्ग, कालीमाटी, कलंकी, नयाँबसपार्क,   गौशाला, चावहिल, कमलपोखरी, बानेश्वर, ठमेल, महाराजगंज, बौद्ध, जोरपाटी, लगनखेल, मंगलबजार, भक्तपुरको बजार ईलाका आदि) मा सवारी साधनको चाप बढ्न गई ट्राफिक व्यवस्थापन समेतमा प्रभावित हुने भएकोले त्यस्ता स्थानहरु ट्राफिक प्रहरीको उपस्थिति बढाई आवश्यक परेमा डाईर्भसनको व्यवस्था समेत मिलाउने ।
- छठ पर्वको उपलक्ष्यमा विगत वर्षमा मेला लाग्ने स्थानहरुः गुहेश्वरी २ ठाउँमा, कमलपोखरी, वागमती किनार थापाथली,   शंखमुल दोभान, बल्खु एरियामा सवारी साधन डाईभर्सन गरी पार्किङ्गको समेत व्यवस्था मिलाउने ।

विशेष चेकिङ्गको ब्यबस्था 
- दैनिक ४ पटक (बिहान, दिउँसो, बेलुका, राति)
- विशेष चेकप्वाईन्ट ( नागढुङ्गा, कलंकी, स्वयम्भु (हल्चोक),  माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर,   जगाती (भक्तपुर),  सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानोबसपार्क ) 
- उपत्यका बाहिरिने नाका तथा अन्य स्थानहरुमा सम्पुर्ण सवारी साधनहरुको मापसे सहितको सम्पूर्ण चेकजाँच ।
- लामो दुरीका सवारी साधनमा अनिबार्य २ चालक भएनभएको Traffic Communication Apps मार्फत कडाई
- टिकट काउण्टरमा सादा पोशाकका प्रहरी परिचालन गरि निग्रानी बढाउने ।
- सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने अनिबार्य कार्यान्वयन गराउने  ।
- हेल्मेटको प्रयोग नगर्ने, तिब्रगतिमा सवारी चलाउने उपर कडाईका साथ कारबाही ।
- ओभरलोड, सवारीको अन्य भाग तथा छतमा यात्रु तथा मालसामान राख्ने,  Zigzag तथा तीब्र गतिमा सवारी चलाउन उपर कारबाही ।

१४ स्थानमा यात्रु सहायता कक्षहरू
- नागढुङ्गा, कलंकी, स्वयम्भु (हल्चोक), माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो,   बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानोबसपार्क (ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायीहरू, उपभोक्ता समूहहरूका प्रतिनिधि,  ट्राफिक भोलियन्टरहरू रहने )

यात्रु सहायता कक्षले प्रदान गर्ने सेवाहरु
- सर्वसाधारण यात्रुहरुलाई सुरक्षा सम्बन्धी सु–सूचित गर्नको लागि यात्रु सहायता कक्षले मनिटरिङ्ग गर्ने ।
- यात्रुहरुको पिरमर्का तथा गुनासोलाई सुक्ष्म रुपमा अनुसन्धान गरी आवश्यक सहयोग गर्ने ।
- टिकट काउण्टरहरुमा देखिने गरी भाडा दररेट राखी अनिबार्य कार्यान्वयन गर्ने व्यबस्था मिलाउने ।
- फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्ति माथि निगरानी राखी कारबाही गरिने ।
- टिकट अनुसार मुल्य लिएको छ / छैन चेकजाँच गर्ने र उल्लंघन गरेमा कारबाही गरिने ।
- भिडभाड हुने स्थल र टिकट काउण्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सादा     पोशाकमा समेत प्रहरी परिचालन गरि निग्रानी बढाउने ।
- चालकले मा.प.से. गरेको पाइएमा सम्बन्धित ब्यवसायी / कम्पनीसँग समन्वय गरी अर्को चालक ब्यवस्थापन र यात्रुलाई   गन्तब्यसम्म पु-याउने ब्यवस्था गर्ने ।
- टिकट काउण्टरमा टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानको लागि     परिचयपत्र / ड्रेसकोडको व्यवस्था गर्न लगाउने   र सो पालना भए नभएको चेकजाँच गर्ने ।
- यात्रु तथा चालक / सहचालकहरुलाई लक्षित गरेर सवारी साधन छुट्नु भन्दा अगाडी सवारी साधन भित्र   जनचेतनामूलक  ट्राफिक नियमसम्बन्धी अडियो (जिङ्गल) तथा पर्चा पम्प्लेट बितरण गरिने  
- सार्वजनिक यातायातमा जनचेतनामूलक अडियो ( जिङ्गल ) राखि १००० वटा पेनड्राईभ वितरण
- नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सम्पूर्ण सार्वजनिक यात्रुवाहक सवारी साधनको यान्त्रिक परिक्षण समेत गरिने   (प्राविधिक टोली खट्टाईएको)  थानकोट -  नागढुङ्गा सडक खण्डमा, 
- सवारी साधनहरू चलाउँदा लेन अनुशासन ( Traffic Queue System) मा  रहेर अर्थात Overtake गर्न नपाईने,   
- सवारी साधनहरु बिग्रेर घण्टौंसम्म हुने Traffic Queue लाई हटाउन र्‍याकर राखिएको ।
 

प्रकाशित: ७ आश्विन २०७६ १६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App