८ वैशाख २०८१ शनिबार
समाज

कपिलवस्तुमा फैलिँदैं डेंगी, ३७ जना संक्रमित

कपिलवस्तु - कपिलवस्तुमा डेङ्गीको संक्रमण फैलिदै गएको छ। डेङ्गी नियन्त्रणकालागि प्रभावकारी कदम नचाल्दा यसको संक्रमण बढदै गएको हो। जिल्लाभरनै अहिले डेङगीका सन्त्रास फैलिदै गएको छ। जिल्ला स्वास्थ्य कार्यालय अनुसार जिल्लामा असोज ६ गतेसम्म ३७ जनामा डेङगी संक्रमित फेला परेका छन्। जसमध्ये पिपरा अस्पतालमा ३३ र कपिलवस्तु अस्पतालमा ४ जना संक्रमति फेला परेको हुन्।

स्वास्थ्य कार्यालयका बरिष्ठ जन स्वास्थ्य प्रशासक योगेन्द्र भगतले जिल्लामा डेङगी फैलिदै गएको बताए। जिल्लाका दुइ सरकारी अस्पतालमा डेङ्गीको परिक्षण गरिएपछि धमाधम त्यसको संक्रमितहरु भेटिएको उनले बताए।  २ सता अघिदेखि ती दुई अस्पतालमा डेङगीको किटमार्फत परिक्षण गर्ने सुरु गरिएको थियो। त्यसअघि जिल्लाका सरकारी अस्पतालमा डेङगी किट नुहदा परिक्षण हुदैन थियो।

बाणगंगा नगरपालिकाले पिपरा अस्पताल र कपिलस्तु नगरपालिकाको वडा नम्बर १ ले कपिलस्तु अस्पताललाई डङगी किट उपलब्ध गराएको थियो। त्यस यता मात्र जिल्लाका ती दुइ सकारी अस्पतालमा डेङगीको निःशुल्क परिक्षण हँुदै आएको छ। पिरामा भेटिएका मध्ये २६ जना बाणगंगाका , ६ जना बुद्धभुमिका र १ जना रुपन्देहिको सैनामैनाका रहेको वाणगंगाका स्वास्थ्य शाखाका सह संयोजक कमल ज्ञवालीले बताए।उनले बाणगंगा नगरपालिकाबाट डेंगु परिक्षणका लागि नि.शुल्क किट वितरण गरेसंगै विरामीको चाप बढेको बताए।

डेंगुका सामान्य विरामीका लागि यसै अस्पतालमा उपचार गरेको र केहीलाई बुटवल रिफर गरिएको अस्पतालकी मेडिकल अधिकृत रंजिता कुमार महत्वले बताइन्। गत १ महिना यता उपचार गराउन आउनेहरु मध्ये अधिकासं विरामी डेंगु लागेको हुनसक्ने भन्दै ससंकित हुने गरेको उनले बताइन् छ। पछिल्लो समय भाइरलका विरामीको समेत चाप बढ्ेको छ। पिपरा अस्पतालमा दैनिकजसो ३ सय देखि ५ सय सम्म र कपिलस्तु अस्पतालमा देीनक ढेड देखि दुई सय सम्म बिरामीहरु उपचारकालागि आउने गरेका छन। भाइरल ज्वरो र डङ्गीको लक्षण मिल्लदो जुल्दो रहेकोले अस्पतालमा अहिले चााप निकै बढेको कपिलस्त अस्पतालमा मेसु किशोर बन्जाडेले बताए।

‘ निःशुल्क जाच हुने भएकाले शका लागेपछि बिरामीहरु उपचारमा आउछन ’ उनले भने। उता उपभोक्त हकहीत संरक्षण र्मचका सदस्य मनोज श्रीवस्तवले जिल्लामा रहेका १० पालिकाहरुले डेङगी नियन्त्रणकालागि प्रभावकारी कदम नचालेको बताए। ‘ केही पालिकाले डेङगीका बिषयमा चासो लिएका छन् तर त्यो प्रर्याप्त छैन ’ उनले भने।  उनले यस विषयमा गाउ बस्तीमा सचेतना फैलाउनु पर्ने बताए। उता बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले डेङगीकालागि वडास्तरमा सचेतना फैलाइएको बताए।

प्रकाशित: ७ आश्विन २०७६ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App