coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्यान्सरपीडित युवतीलाई अफगानिस्तानका नेपालीको सहयोग

काठमाडौं—क्यान्सर रोगबाट पीडित बनेकी ओखलढुंगा मुलखर्क-१ निवासी अनिका तामाङ,२० को उपचारका लागि अफगानिस्तानमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन्।

अफगानिस्तानमा सुरक्षा गार्डको रुपमा कार्यरत ६९ नेपालीले उपचारका लागि १ लाख ५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका हुन्। आर्थिक रुपमा विपन्न उनको अढाइ महिनादेखि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

पाँच देखि २५ अमेरिकी डलरसम्म उठाएर सहयोग गरेको सुमनबहादुर मगरले जानकारी दिए। 'हाम्रो सानो सहयोगले ब्लड क्यान्सर पीडित उनको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेका छौं', उनले भने।

रकम पाएकोमा तामाङ परिवारले प्रशन्नता जनाएको छ।

प्रकाशित: ८ मंसिर २०७३ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App