राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक सुरु

बुधबार, ०८ मङि्सर २०७३, १५ : १३ नागरिक

काठमाडौं—एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज सुरु भएको छ ।

गएको सोमबार राप्रपा नेपाल राप्रपामा एकीकरण भएपछि बसेको उक्त बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

एकीकरणपछि पार्टीको पहिलोपटक सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकले दुई पार्टीबीच भएको एकताको सन्देश देशका ७५ जिल्लामा पुर्‍याउन विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने विषय तथा दुई पार्टीको एकताको आधार र निर्देशिका बनाउन समिति गठन गर्नेछ ।

पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी करिब ३०० जनाको सहभागितामा बस्ने केन्द्रीय समितिको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल तथा संविधान संशोधनका विषयमा पार्टी खेल्नुपर्ने भूमिकाका बारेमा धारणा बनाउने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए।

गएको सोमबार राप्रपा नेपाल राप्रपामा एकीकरण भएपछि बसेको उक्त बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

सो प्रतिवेदनमाथि पार्टीका नेताले छलफलका लागि बोल्ने क्रम सुरु भएको छ। बैठकले चाँडो महाधिवेशन सम्पन्न गर्नका लागि छलफलसमेत गर्ने भएकाले महत्वका साथ हेरिएको छ । रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad