coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कम्युनिष्टको सत्ताबाट जनता आत्तिसके–पौडेल

रोहित पुनको सालिकसहितको प्रतिक्षलय उद्घाटन गर्दै नेता पौडेल। फोटो: दिनेश/नागरिक

रोल्पा - ‘कम्युनिष्टको सत्ताबाट जनता आत्तिसके छन्। जनता आफै सडकमा आउन थालेका छन्। देशमा अबको विकल्प नेपाली कांग्रेसनै हो। यो देशमा फेरि हाम्रै सत्ता आउछ।’ दोस्रो चरणको जनजागरण समापन कार्यक्रमा रोल्पा पुगेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भने ‘हाम्रो समाजमा आतंकविरुद्ध उभिनेहरुको समय समयमा हत्या हुने गरेको छ। अन्यायमा परेकाको पक्षमा कांग्रेसँगै रहन्छ।’ गत वर्ष रोल्पाको सुलिचौरमा हत्या गरिएका तरुण दल नगर सभापती रोहित पुनको सालिकसहितको प्रतिक्षालय उद्घाटन गर्दै पौडेलले भने ‘हत्यारालाई कारबाही हुनैपर्छ।’

त्यसै गरी मंगलवार प्रेस युनियन रोल्पाको पत्रकार सम्मेलनमा गणतन्त्र स्थापनाका बारेमा बोल्दै पौडेलले भने ‘यो सरकारका प्रमुखनै गणतन्त्रका बिरोधी थिए। हिजो उनी राजनीतिक कारण नभई काण्डमा जेल परेका थिए। हामी बोलेपछि मात्र गणतन्त्र आएको हो।’ सरकारका गतिविधिको चर्को आलोचना गदै उनले अगाडि भने ‘संविधान कार्यान्वयन गर्ने समयमा हामी सत्ता बाहिर बस्नु परेको छ। तर पनि हाम्रो मुल एजेन्डा भनेकै संविधानको मर्म अनुसार देश चल्नु पर्छ भन्ने हो।’

उत्तर र दक्षिणले आर्थिक विकासमा फड्को मारेको बताउँदै पौडेलले अस्तित्वका लागि पनि नेपालले विकासमा ध्यान दिनु पर्ने बताए। ‘हामीले सरकारलाई लोकतन्त्रको बाटो भन्दा पर जान दिदैनौ।’ राजतन्त्र फालेको तिर औलाउदै उनले भने ‘हामी पहिला राजतन्त्रकै पक्षमा थियौ। जब राजा तानासाहा बन्दै कम्युनिष्टलाई काधमा बोकेर हिड्न थाले अनि उनको पतन सुरु भएको हो। राजा कांग्रेस सक्ने रणनितिमा लागे अन्नत आफै गए।’

विप्लव नेतृत्वको नेकपाको आन्दोलनले हिंसा छोड्नु पर्ने बताउदै उनले भने भने, ‘उनिहरु माओवादीकै रहल पहल छिटा हुन्। विप्लवले हिंसा र आतंकको बाटो छोड्नु पर्छ।’ स्थानीय तहमा देखिएको भ्रष्टाचार कसरी घटाउने भन्नेमा कांग्रेस चिन्तीत भएको बताउदै उनले भने ‘हामीले जितेका ठाउँमा जनप्रतिनिधिलाई आर्थिक हिनामिना नगर्न निर्देशन दिएका छौ। कम्युनिष्टले गरिरहेको खुलमखुला भ्रष्टाचार र लुट रोक्नु पर्छ भन्ने हाम्रो धारणा छ।’ 

मंगलवार बिहान पौडेलले बीपी स्मृती प्रतिष्ठानको पुस्तकालय भबनको उद्घाटनसमेत गरेका थिए भने दिउँसो टुडिखेलमा आमशभालाई संम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ७ आश्विन २०७६ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App