coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा डेंगीका कारण मृत्यु हुनेको संख्या ७५ पुग्यो

ढाका – लामखुट्टेको टोकाइका कारण लाग्ने डेंगीका कारण यस बर्ष बंगलादेशमा मृत्यु हुनेको संख्या ७५ पुगेको बंगलादेशी स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा निर्देशनालयले बंगलादेशमा यस बर्ष ७५ जनाको मृत्यु भएको र ८५ हजार व्यक्तिमा डेंगीको संक्रमण देखिएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार डेंगीका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३२, अगस्टमा ३१ र सेप्टेम्बरमा चार जनाको मृत्यु भएको छ ।

अझै १४ हजार एक सय ९१ डेंगीका बिरामीले बंगलादेशका विभिन्न अस्पतालमा उपचार गराइरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । बंगलादेशमा अगस्ट र सेप्टेम्बरमा गरी जम्मा ५२ हजार ६ सय ३६ जनालाई डेंगीको संक्रमण देखिएको बताइएको छ । अद्यापि डेंगीका विरामीको संख्या क्रमशः घट्ने क्रममा रहेको पनि निर्देशनालयले जनाएको छ । विगत २४ घण्टामा राजधानी ढाकामा १४३ सहित देशभर ४६१ ज्ना डेंगीको उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका पनि सरकारी तथ्याङ्कमा उल्लेख छ ।

बंगलादेशमा गत बर्ष १० हजार १४८ जनामा डेंगीको संक्रमण भएको र २६ जनाको मृत्यु भएको थियो । गत बर्षको तुलनामा यसबर्षको संक्रमण र मृत्यु हुनेको संख्या निकै बढेको देखिन्छ ।

 

प्रकाशित: ७ आश्विन २०७६ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App