थापाको जित निरन्तर

मङ्गलबार, ०७ असोज २०७६, १२ : ५९ नागरिक

पोखरा- नेपाली उमेरसमूहका शीर्ष वरीयताका कमल थापाले नेपाली खेलाडी करिमुल्लाह मुस्लिमलाई सोझो सेटमा पराजित गर्दै जित शृंखला दाहोर्याएका छन्। पोखरा रंगशालास्थित टेनिस कोर्टमा सोमबार ५५ वर्षमाथिको उमेरसमूहमा थापाले मुस्लिमलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे। 

पोखरेली भेट्रान खेलाडी अनिल तुलाचनले पनि व्यक्तिगत जित निकाल्ने क्रममा भारतीय खेलाडीलाई सोझो सेटमा पन्छाए। तुलाचनले सोही उमेरसमूहको प्रतिस्पर्धामा भारतीय खेलाडी एसएन वशिष्ठलाई ६–०, ६–० ले पराजित गर्दै आफ्नो लयलाई कायमै राखे। 

५५ वर्षमाथिकै अर्को प्रतिस्पर्धामा भारतीय खेलाडी सञ्जय कुमारले पोखरेली खेलाडी समीर तुलाचनलाई ६–१, ६–४ को सेटले पराजित गर्दै अगाडि बढे । शेरचनको यो दोस्रो हार हो। उत्तमकुमार शेर्पा व्यक्तिगत दोस्रो जित निकाल्ने क्रममा छाम्बा ढुन्डुपमाथि हाबी रहे। ढुन्डुपको चुनौती पन्छाउने क्रममा शेर्पाले ६–२, ६–१ को  नतिजा निकाले। 

कास्की जिल्ला टेनिस संघको आयोजना तथा एनआइसी एसिया बैंकको मुख्य प्रायोजनमा सञ्चालित आइटिएफ विश्व वरीयता सिनियर्स ग्रेड ४ टेनिस च्याम्पियनसिपअन्तर्गत ४५ वर्षमाथिको उमेरसमूहमा गोपी भट्टराईले विकास गुरुङलाई ६–२ र टाइब्रेकमा ७–६(३)को सेटले पराजित गरेका छन्।

त्यसै गरी विमलकुमार गुरुङले धरमबहादुर लामिछानेमाथि जित निकाल्ने क्रममा पहिलो सेट ७–५ ले जित्दै आत्मविश्वासी बन्दा दोस्रो सेटमा ६–१ को नतिजा निकाले। 

३५ वर्षमाथिको उमेरसमूहको प्रतिस्पर्धामा विकास गुरुङले गीताराज शर्मा चालिसेलाई ६–१, ६–१ को सोझो सेटले पराजित गरेको प्रतियोगिता संयोजक प्रीति बरालले जानकारी दिइन्। दोस्रो खेलमा सञ्जयप्रकाश श्रेष्ठले भारतीय स्वर्णेश चतुर्वेदीलाई ६–२,६–३ को सेटमा पराजित गरेका थिए।

४५ वर्षमाथि  युगलतर्फ धरमबहादुर लामिछाने र गोपी भट्टराईको जोडीले पोखरेली खेलाडीद्वय लोकबहादुर गुरुङ र कुलबहादुर तामाङ (दोर्जे) लाई ६–३, ६–४ को सेटले पराजित गरेको थियो। पहिलो सेटमा ०–३ ले पछि परेको अवस्थालाई उल्ट्याउँदै लामिछाने र भट्टराईको जोडीले उत्कृष्ट कमब्याक गर्दै जित आत्मसात् गरेको थियो। 

३५ वर्षमाथिको उमेरसमूहमा केवल १० ले मात्रै प्रतिस्पर्धा गरेका छन्। ४५ वर्षमाथिको उमेरसमूहमा २२ जना भिडिरहेका छन्। ५५ वर्षमाथिको उमेरसमूहमा प्रतिस्पर्धा गर्ने २० जना छन्।

३५ वर्षमाथिको प्रतिस्पर्धामा ४५ वर्षमा २ र ५५ वर्षमाथिको उमेरसमूहमा ५ गरी १० भारतीय खेलाडीले प्रतिस्पर्धा गरिरहेको संयोजक बरालले बताइन्। फाइनल बुधबार हुनेछ। 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad