coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बंगलादेश सेमिफाइनलमा

काठमाडौं– नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिपमा बंगलादेशले बलियो प्रतिद्वन्द्वी भारतलाई गोलरहित बराबरीमा रोक्दै सेमिफाइनलमा स्थान बनाएको छ। हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा सोमबार बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई रोकेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोली खेलअवधिमा केही राम्रा अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा रोकिएका हुन् । खेलमा भारत अधिकांश समय बलमा पकड जमाए पनि फिनिसिङमा चुकेको थियो। आइतबार वर्षाका कारण असहज देखिएको मैदान भारतका लागि कठिन देखिएको थियो।

यसै कारण भारतका खेलाडीलाई चोटले सताएको थियो। भारतका पहिलो रोजाइका गोलकिपर प्रभ्सुखान सिंह घाइते हुँदै मैदानबाट बाहिरिएका थिए। बंगलादेशका खेलाडीसँग जुध्न पुग्दा घाइते भएका सिंहलाई चोट लागेको थियो। 

समूह ‘बी’ मा रहेको बंगलादेशले २ खेलबाट ४ अंक जोड्दै अन्तिम चारमा स्थान बनाएको हो। यस समूहबाट सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३–० ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो। 

बराबरी खेलेको भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना अझै बाँकी छ। पहिलो खेलमा बराबरी खेलेको भारतको १ अंक भएको छ। भारतले अब बुधबार श्रीलंकासँग खेल्नेछ। श्रीलंकासँगको खेलमा भारतले जित निकाल्न सके समूह ‘बी’ बाट सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोली हुनेछ।

भारतलाई सेमिफाइनल पुग्न श्रीलंकासँग बराबरी खेले पुग्नेछ। श्रीलंकालाई भने जित्नै पर्ने दबाब छ। पहिलो खेल गुमाएको श्रीलंका तालिकामा अंकविहीन छ। प्रतियोगिताअन्तर्गत मंगलबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ। यो खेलले नै नेपालको सेमिफाइनल यात्रा निर्धारण गर्नेछ।

उक्त खेलमा भुटानले माल्दिभ्सलाई ४–० को फराकिलो अन्तरले पराजित गरे नेपाल सेमिफाइनल पुग्नेछ। बराबरी र भुटान पराजित भए नेपाल समूहचरणबाट बाहिरिनेछ। 

 

प्रकाशित: ७ आश्विन २०७६ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App