coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल-चीन सम्बन्ध नयाँ उचाइमाः चिनियाँ राजदूत

चिनियाँ राजदूत यु होङ

काठमाडौं—नेपालका लागि चीनका राजदूत यु होङले चीन र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। राजदूतको कार्यभार औपचारिकरुपमा प्रारम्भ गरेको अवसरमा आयोजित एक विशेष समारोहमा उनले पहाड र नदीहरुले जोडिएका चीन र नेपालबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताइन्।

'हाम्रो सम्बन्ध स्थिर र सुदृढ छ, नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, र क्षेत्रीय अखण्डता रक्षामा सघाउन चीन सधैँ तत्पर छ', उनले भनिन्। राजदूत युले नेपालले अवलम्बन गरेको एक चीन नीतिलाई चीनले उच्चरुपमा सराहना गर्दै आएको बताए।

सन् १९५५ मा चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै मुलुकले एकअर्कालाई समानरुपमा व्यवहार र पारस्परिक सहकार्य अभिवृद्धि गर्दै आएको उनले बताइन्।

'हाम्रो सम्बन्ध स्थिर र सुदृढ छ, नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, र क्षेत्रीय अखण्डता रक्षामा सघाउन चीन सधैँ तत्पर छ', उनले भनिन्। राजदूत युले नेपालले अवलम्बन गरेको एक चीन नीतिलाई चीनले उच्चरुपमा सराहना गर्दै आएको बताए।

सन् २००९ देखि नेपाल–चीन बृहद् साझेदारी र सहयोगलाई अङ्गिकार गरेको स्मरण गर्दै उनले त्यो सम्बन्ध कहिल्यै क्षय नहुने उल्लेख गरिन्। विगतमा दुई देशबाट भएका उच्चस्तरीय भ्रमणले सम्बन्धलाई अझ मजबुद तुल्याएको उनले बताइन्।

हालै भारतको गोवामा राष्ट्रपति सि जिङ पिङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको भेतवार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उनको भनाइ थियो। उनले नेपालको विकासमा चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित थिए। उपप्रधानमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, उद्योगपति एवम् वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो। रासस

प्रकाशित: ८ मंसिर २०७३ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App