coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बन्द प्रशिक्षणबाट छानिए ४२ महिला फुटबलर

काठमाडौं– साफ च्याम्पियनसिप महिला फुटबल तयारी गरिरहेको नेपालले बन्द प्रशिक्षणबाटमंगलबार ४२ खेलाडी छनोट गरेको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले दुई साताअघिबाट भारतमा हुने चौथो साफ फुटबलका लागि बन्द प्रशिक्षण सुरु गरेको थियो।

महिला टोलीका प्रशिक्षक कुमार थापा, प्राविधिक निर्देशक चियाकी टाकिडा, एन्फा प्रशिक्षक सुनीलकृष्ण श्रेष्ठ, मृगेन्द्र मिश्र र अस्मिता खवाससहितको छनोट कमिटीले ७२ बाट ४२ खेलाडी छनोट गरेको हो।

बन्द प्रशिक्षणका लागि प्रधानसेनापति कप खेलेका ५२ नयाँ खेलाडी छनोट गरेको प्रशिक्षक थापाले बताए । उनका अनुसार शुक्रबारसम्म ३० खेलाडी र अन्तिममा २० खेलाडी छनोट गरिने छ।

‘बन्द प्रशिक्षण योजनाअनुसार राम्रो भइरहेको छ । सुरुमाहामीले २० राष्ट्रिय खेलाडीलाई बन्द प्रशिक्षणमा छानेको थियौं । प्रधानसेनापति कपले थप नयाँ खेलाडी छान्न सहयोग ग¥यो,’प्रशिक्षक थापाले भने, ‘हाम्रो लक्ष्य फाइनल खेल्ने हो । त्यसका लागि नयाँ प्रतिभावान खेलाडी र अनुभवी खेलाडी छान्ने कोसिस गरिरहेका छौं । एस्ट्रो टर्फबाहेकको मैदानमा पनि हामी प्रशिक्षण गर्ने तयारीमा छौं ।’

महिला टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदान(एस्ट्रो टर्फ) मा अभ्यास गरिरहेको छ ।

राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर थापा महिला टोलीबाट प्रशिक्षकमा डेब्यु गर्दैछन् । उनले पहिलो प्रतियोगितामै आफूलाई प्रशिक्षकमा प्रमाणित गर्ने कोसिस गरिरहेको बताए । उनले भने, ‘फरक भूमिकाबाट पहिलोपल्ट प्रतियोगितामा भाग लिँदैछु । साफ च्याम्पियनसिप मेरा लागि चुनौतीपूर्ण पनि छ ।’

मंगलबार छनोट टोलीमा ५ गोलकिपर, १५ डिफेन्डर, १४ मिडफिल्डर  र ८ जना स्ट्राइकर छन् ।

टोलीमा एन्जिला थुम्बा सुब्बा, नमिता दली, लक्ष्मी नेपाल, रुपा रानामगर, अन्जना रानामगर गोलकिपरमा छन् । डिफेन्समा घिमकुमारी गुरुङ, अमृता जैसी, अन्जली वाइबा, मनमाया लिम्बु, हीराकुमारी भुजेल, पूनम जर्घामगर, गीता राना, विमला बिक, नन्दकुमारी थापा, कविता धिमाल, शान्ता राई, भोजकुमारी थापा, अन्जु लोप्चन, निशा थोकर र उषा भण्डारी छन् । मिडफिल्डमा सपना लामा, दीपा राई, लक्ष्मी पौडेल, अनिता बस्नेत, दीपा अधिकारी, सृजना खड्का, रेनुका नगरकोटी, अनिता केसी, रिना गुभाजू, यशोदा लामा, भुजुंगा राई, इन्दिरा राई, रुपा मगर र अन्जिली योन्जन छन् ।

सावित्रा भण्डारी, कृष्णा खत्री, शर्मिला थापा, निरु थापा, रश्मीकुमारी घिसिङ, निर्मला बिक, मन्जु गुरुङ र सरु लिम्बु फरवार्डमा छानिएका छन् ।

सन् २०१० मा बंगलादेशबाट सुरु महिला साफ फुटबलमा भारत सफल टोली हो । प्रतियोगिताका तीनै संस्करणमा भारतले उपाधि जितेको छ । नेपालतीनैपटक फाइनलमा भारतसँग पराजित हुँदै आएको छ ।

भारतको सिलगुुुुुुुुुुुढीमा पुस ११बाट सुरु हुने प्रतियोगिताको नेपाल समूह ‘ए’ मा छ । नेपालले समूह चरणमा श्रीलंका, माल्दिभ्स र भुटानको सामना गर्नेछ । उद्घाटन खेलमा नेपाल र भुटानले पुस ११ मा प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन दिनमै श्रीलंका र माल्दिभ्सबीच अर्को खेल हुनेछ।

साबिक विजेता भारतले समूह ‘बी’ मा अफगानिस्तान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । अफगानिस्तानले प्रतियोगितामा भाग लिए पनि पाकिस्तानले यसपटक भाग लिएको छैन । प्रतियोगिताकासबै खेल कञ्चनजंगा रंगशाला सिलगुढीमा हुनेछ ।

 

प्रकाशित: ८ मंसिर २०७३ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App