coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रंगशाला मर्मत हुने छाँट छैन

काठमाडौं— भव्य रंगशाला कुनै पनि सहरका लागि शान हो । अझ भनौं पहिचान पनि । सहर मात्र किन? देशकै लागि यो एक सभ्यताको प्रतीकभन्दा फरक नपर्ला । खेलाडीका लागि त झन् पवित्र मन्दिर हो ।यहींबाट उनीहरूको बिहानी सुरु हुन्छ। र, दिनको अन्त्य ।सिधा रूपमा भन्नुपर्दा कर्मथलो हो ।जहाँबाट खेलाडीको जीवनी कोरिन्छ ।

तर विडम्बना, भव्य त कुरै छाडौंनेपालमा अहिले सामान्य खालको एउटै अन्तर्राष्ट्रिय रंगशाला पनि छैन ।२०७२ वैशाख १२ अघिसम्म देखाउनकै लागि भए पनिदशरथ रंगशाला एउटा थियो । त्यो पनि भूकम्पले क्षत्विक्षत बनाइदिएपछि नेपाली खेलाडीटुहुरा जस्ता बनेका छन् । उनीहरूकोे दैनिकी प्रभावित बनेको छ । अझ ठूलोसंख्यामा दर्शकअपेक्षा गर्ने फुटबल खेल बढीमर्कामा परेको छ ।

२०७२ वैशाखमा भूकम्प गएको दिन दशरथ रंगशालामा एएफसी यु–१४ गल्र्स रिजनल च्याम्पियनसिप प्रतियोगिताको फाइनल खेलको तयारी हुँदैथ्यो । १९९० साल सम्झाउने भूकम्पले प्रभावित भएपछि यसले उक्त प्रतियोगिता सम्पन्न गर्न सकेन ।त्यसपछि अहिलेसम्म पनि घाइते रंगशाला खेलकर्मका लागि लायक भइसकेको छैन । भुइँचालोले रोकिएको यु–१४ गल्र्सको फाइनल लामो समयपछिलगनखेलस्थित सेनाको तालिम केन्द्रमा फाइनल सम्पन्न भयो । फाइनलमा नेपालले बंगलादेशलाई १–० को नतिजा सुम्पेको थियो । झन्डै १वर्षपछिको खेल्दा नेपाली खेलाडीमा त्यो लय देखिएन, जुन पहिले थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशालाको अभावमा अन्तर्राष्ट्रिय खेल सञ्चालनमा बाधा पुगेको गुनासो गरिरहेको छ ।

करिब ६ दशकअघि सहिद दशरथ चन्दको नाममा निर्माण भएको दशरथ रंगशाला विभिन्न समयमा मर्मत सम्भार हुँदै यो स्वरुपमा आइपुगको हो।

नेपाल र फ्रेन्ड्स अफ जापानबीचको मैत्रीपूर्ण खेलको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एन्फाका सिइओ इन्द्रमान तुलाधर भन्दै थिए, ‘छिटोभन्दा छिटो रंगशाला पुनर्निर्माण वा निर्माण गर्नुप¥यो । रंगशालाको अभावका कारण हामीले काठमाडौंमा फुटबल गतिविधि चलायमान बनाउन सकिरहेका छैनौं ।’

तर, काठमाडौं या भनौं नेपालकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालामा बसेर फुटबल वा अन्य प्रतियोगिता हेर्न नेपाली दर्शकले अझै कम्तीमा ३ वर्ष कुर्नुपर्नेछ । भूकम्प गएको झन्डै डेढ वर्ष बितिसक्दा पुनर्निर्माण हुनु त परैको कुरा रंगशालामर्मत–सम्भार गर्ने कि भत्काएर नयाँ बनाउने भन्ने निर्णयसमेत हुन सकेको छैन ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले भूकम्प गएको झन्डै एक वर्षपछि २०७३ असार १२ मा मात्र मल्टिडिसिप्लिनरी कन्सल्ट्यान्ट, इनगार कन्सल्ट्यान्ट र इनक्लुसिप कन्सल्ट्यान्ट प्रालिलाई संयुक्त रुपमा रंगशालाको विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाउने जिम्मा दिएको छ ।

चार महिनाभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने भनिए पनि अझै प्रतिवेदन राखेप पदाधिकारीको हात पर्न सकेको छैन । तथापि राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मतसम्भार विभाग प्रमुख अरुण उपाध्यायले अध्ययनपछि जस्तो प्रतिवेदन आए पनि रंगशालालाई पूर्ण रूपमा सञ्चालन गर्न कम्तीमा ३ वर्ष कुर्नैपर्ने बताए । उनका अनुसार सामान्य मर्मत गर्नुपर्ने प्रतिवेदन आए पनि ३ वर्षयता सम्भव हुँदैन ।

‘कति क्षति भएको हो त्यसको प्रतिवेदन आउन अझै केही समय लाग्छ । हामीले जसलाई यसको जिम्मा दिएका हौं उहाँहरूले थप डेढमहिनाको समय माग्नुभएको छ । त्यसपछि मात्र रंगशालालाई पूर्ण रूपमा भत्काएर नयाँ बनाउने कि मर्मतसम्भार गर्ने भन्ने कुराआउँछ,’ उपाध्यायले नागरिकसँग भने, ‘पहिला परीक्षण गर्नुप¥यो त्यसपछि डिपिआर गर्नुपर्छ । अनिमात्र कस्तो र कसरी बनाउने भन्ने निर्णय हुन्छ ।त्यसैले परीक्षण र डिपिआरपछि जस्तो प्रतिवेदन आए पनि रगंशाला सञ्चालन गर्न कम्तीमा ३ वर्ष कुर्नुपर्छ । त्यो भन्दा धेरै समय लाग्न पनि सक्छ ।’

तोकिएको समयमा प्रतिवेदन आउन नसकेको बारे मल्टिडिसिप्लिनरी कन्सल्टेन्सीका विजय श्रेष्ठले राखेप बाहेक अन्य निकायलाई आफूहरूले कुनै पनि सूचना दिन नमिल्ने बताए ।

मर्मत शाखा प्रमुख उपाध्यायले प्रतिवेदन आएपछि पनि बजेटका लागि खेलकुद मन्त्रालयसँग माग गर्नुपर्ने भन्दै यो आर्थिक वर्ष सकिसकेकाले अर्को वर्षबाट मात्र काम सुरु हुने प्रतिक्रिया दिए ।

त्यसो त भूकम्प जानुअघि रंगशालामा राष्ट्रिय लिग पनिजारी थियो । तर भूकम्पपछि एन्फाले राष्ट्रिय लिगकाबाँकी खेल सातदोबाटोस्थित कृत्रिम घाँसे मैदानमा खेलाएर सम्पन्न ग¥यो । रंगशाला नभए पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै नभएको भने होइन । एन्फा मुख्यालयमै भएको यु–१९ साफ च्याम्पियनसिपमा नेपाली टोलीले उपाधि उचाल्यो । त्यहीबाट सुरु भएको उपाधि जितयात्रा बंगबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुद (साग) हुँदै सोलिडारिटी कपसम्म जारी छ ।

यद्यपि वैकल्पिक मैदानका रूपमा रहेको एन्फा प्रांगणको मैदान होस् या हल्चोकस्थित एपिएफको मैदान वा लगनखेलस्थित सेनाको मैदान कुनै पनि मैदानले अन्तर्राष्ट्रिय प्रतियोगिताका गर्ने मापदण्ड पूरा गर्न सक्दैन ।त्यो पर्याप्त पनि हँुदैन । मंसिर ४ मा सम्पन्न नेपाल र फ्रेन्ड्स अफ जापानबीचकोमैत्रीपूर्ण खेलका लागि पनि आयोजकले अस्थायी प्यारापिट बनाउनुपरेको थियो ।

अन्तर्राष्ट्रिय प्रतियोगिता घाँसे मैदानमा हुने भएकाले खेलाडीलाई अभ्यासका लागि पनि एन्फा मैदानको भर पर्नु दीर्घकालका लागि हानिकारक हुन्छ । त्यसको राम्रो उदाहरण सोलिडारिटी कप नै हो । प्रतियोगिताका दौरान नेपालका लागि जापानी प्रशिक्षक ग्योटुको कोजीले भनेका थिए, ‘हामीले कृत्रिम मैदानमा अभ्यास ग¥यौं तर यहाँ घाँसे मैदानमा खेल्नुपरेको छ । त्यसैले हामीलाई केही कठिन भएको छ ।’

भारतको सिलोङ र गुवाहटीमा सम्पन्न सागमा नेपालले दुई वर्षपछि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी लिएको थियो । तोकिएको समयमै प्रतियोगिता गर्ने हो भने त्यसका लागि नेपालसँग अब करिब १ वर्षको मात्र समय बाँकी छ । ‘तर देशमा भएको एउटै रंगशालाको हालत जीर्ण अवस्थामा छ,’ एक खेलाडी भन्छन्, ‘यस्तो जीर्ण अवस्था हँुदाहँुदै पनि २०७३ असार १२ अघिको झन्डै १५ महिना सम्बन्धित अधिकारी निदाएर बसेको अवस्था देखिन्छ । त्यसबीचमा कुनै काम भएको देखिँदैन ।’ तर मर्मत–सम्भार शाखा प्रमुख उपाध्याय त्यसबीचमा पनि काम भएको जिकिर गर्छन् ।

‘काम नै नभएको भन्ने होइन । त्यसबीचमा पनि काम भएका छन् । पहिले हाम्रो कार्यालय सञ्चालनका लागि कोठाहरूको मर्मत गरियो । त्यसपछि पनि सरकारी प्रक्रिया पूरा गर्नुप¥यो,’ उपाध्यायले भने, ‘यत्तिकै कसैलाई जिम्मा दिनु त भएन । त्यसैले टेन्डर आह्वान लगायतका प्रक्रिया पुरा गर्दा ढिला जस्तो देखिएको मात्र हो । काम त नियमित भइराखेका छन् ।’

करिब ६ दशकअघि सहिद दशरथ चन्दको नाममा निर्माण भएको दशरथ रंगशाला विभिन्न समयमा मर्मत सम्भार हुँदै यो स्वरुपमा आइपुगको हो। सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदका लागि चीनको सहयोगमा रंगशालामा इलेक्ट्रोनिक स्कोर बोर्ड, फ्लड लाइट र सेन्थेटिक ट्र्याक बनाइएको थियो । सन् २०१२ मासाफ च्याम्पियनसिप फुटबलका लागि पनि रंगशालामर्मतगरिएको थियो । भूकम्प जानुअघि पनि रंगशालामा सिट र छानो हाल्ने काम चलिरहेको थियो ।

प्रकाशित: ८ मंसिर २०७३ ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App