६ वैशाख २०८१ बिहीबार
समाज

धुलाम्मे सडकले सर्वसाधारणलाई सास्ती

काठमाडौं - चाबहिल–साँखु सडक समयमा पिच नहुँदा अहिले धुलोबाट सर्वसाधारण सास्ती खेप्न बाध्य छन्। सडक निर्माण व्यवसायी र जिम्मेवार निकायको आलटालले गर्दा धुलोबाट सर्वसाधारण आक्रान्त बनेका हुन्।

वर्षैंदेखि सडक लथालिंग छोडिँदा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ। तर काठमाडौं उपत्यका सडक विस्तार आयोजना र ठेकेदार व्यवसायी भने आलटाल गर्दै आइरहेका छन्।

अहिले बौद्ध गेटअगाडि धुलाम्मे सडकमा फोहोर थुपारिएको छ। यसले झनै सर्वसाधारणको दैनिकी बिथोलिएको छ। बौद्धका स्थानीय पंकज गुप्ताले निर्माण व्यवसायी र जिम्मेवार निकायको चरम लापारबाहीले आफूहरू सास्ती खेप्न बाध्य भएको बताए। उनले भने, ‘सडक पिच हुन्छ भनेर वर्षौं बित्दा पनि हामीलाई अझै आसमा राखिएको छ। सडक पिच माग राखेर आन्दोलन ग¥र्यौं। तर आन्दोलन गर्नुको कुनै अर्थ रहेन। धुलाम्मे सडकले सास्ती खेप्न बाध्य भएका छौं।’ जिम्मेवार सरकारी निकायले चासो नदेखाएकै कारण अहिलेसम्म सडक पिच हुन नसकेको उनले सुनाए। ‘निर्माण व्यवसायी ठेकेदार होइनन्, ठगदार हुन्। सडक पिचको जम्मेवार निकायले चासो देखाएका छैनन्,’ उनले भने, ‘पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे। अहिले धुलोले मास्क लगाएर बस्नुपरेको छ। हाम्रो स्वास्थ्यको मर्मलाई बुझेर तत्काल सडक पिच गरिनुपर्छ।’

बौद्ध गेटदेखि बौद्ध पीपल बोटसम्मको सडकमा तीन महिनाअघि नै बेस हालिएको थियो। तर अहिलेसम्म पनि पिचकोे काम नहुँदा हालिएको बेस पानीले बगाएको छ। अहिले फेरि खाल्डाखुल्डीमा परिणत भएको छ।

चाबहिल–साँखु १२ किमि सडक विस्तार गरी चार लेन बनाउने र दुवैतर्फ फुटपाथ तथा दुर्ई–दुई मिटरको अपांगमैत्री गरी २२ मिटर बनाउने कार्य २०७२ मै अघि सारिएको थियो।

चाबहिल–साँखुको १२ किमि सडक विस्तार गरी चार लेन बनाउने र दुवैतर्फ फुटपाथ तथा दुर्ई–दुई मिटरको अपांगमैत्री गरी २२ मिटर बनाउने कार्य २०७२ मै अघि सारिएको थियो। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार सडक निर्माणका लागि एक अर्ब ७५ करोड रुपैयाँ लगानी छट्ट्याइएको छ। सडक निर्माणका लागि बज्रगुरु÷च्याङमिला÷खानी जेभी, युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु÷बिरुवा÷खानी जेभी, बिटी÷सुनकोसी÷वल्र्डवाइड जेभी कम्पनीसँग ठेक्कासम्झौता भएको थियो। पछि लामा समानान्तर ठेकेदार थपिएको छ।

ठेक्का सम्झौताअनुसार २०७४ सम्ममा सो सडक विस्तारको काम सकाउनुपर्ने हो। तर, काम सम्पन्न नभएपछि म्याद थप गरिएको थियो। थप म्यादमा पनि २०५६ असार मसान्तसम्ममा सकाउनुपर्ने सम्झौतामा उल्लेख छ। तर, म्याद सकिँदा पनि अझै कामले गति लिन सकेको छैन। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले दसैंअगाडि बौद्धको सडक पिच गर्ने भनिए पनि पानीले गर्दा रोकिएको बताए। ‘दसैंअगाडि नै बौद्ध पिपलअगाडिको सडक पिच गर्ने भनिसकेका थियौं,’ उनले भने, ‘पानीले गर्दा सडक पिच गर्न सकिएको छैन। हामीलाई समस्या परेको छ। पानीलगायत विभिन्न कारणले गिटीबालुवा ल्याउन गाह्रो भएको छ। सकभर दसैंअगाडि नै पिच गर्नेछौं।’

उनका अनुसार दसैंअगाडि सडक पिच हुने छाँटकाँट भने देखिँदैन। उनले भने, ‘चुच्चेपाटीको पाइप हाल्ने काम सकिएको छ। फुटपाथको काम पनि सकिन लागेको छ। छिट्टै पिच हुन्छ।’ साँखुमा ढलानको काम अन्तिम चरणमा पुगेको छ भने दक्षिण ढोका क्षेत्रमा पनि अहिले काम अगाडि बढाइएको छ। चाबहिलदेखि साँखुसम्मको सडक पिच यही आवको फागुन र चैतसम्ममा सकाउने लक्ष्य रहेको उनले बताए। उनका अनुसार पहिलेकै ठेकेदारलाई काम गर्न दिएको छ। उक्त समयमा काम नसके थप अरू विकल्प खोजिने छ।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगाना मुआब्जाको कारणले गर्दा जोरपाटी–सुन्दरीजलको सडक निर्माण अघि बढ्न नसकेको बताउँछन्। उनका अनुसार २२ मिटर सडक निर्माणका लागि टेन्डर लागेको थियो। तर, घरधनीहरूले मुआब्जाको माग राखेकाले ती घर भत्काउन सकिएका छैनन्। ‘हामीले सडक निर्माणका लागि पहल नगरेका होइनौं,’ उनले भने, ‘मुआब्जाले काम अगाडि बढ्न नसकेको हो। सर्वसाधारणको सेवासुविधालाई ध्यानमा राखी हामी लागिपरेका छौं।’ उनका अनुसार गोकर्णेश्वर नगरपालिका क्षेत्रअन्तर्गतका ९ सय ८४ घरधनीलाई एकै ठाउँमा राखी छलफल गरेर क्षतिपूर्तिमात्रै दिएर काम अगाडि बढाउने नगरपालिकाको योजना छ।           

प्रकाशित: ७ आश्विन २०७६ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App