coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रियाल मड्रिड, युभेन्टस र लेस्टर सिटी विजयी

लेस्बन—च्याम्पियन्स लिग फुटबल अन्र्तगत मंगलबार राती सम्पन्न खेलमा रियाल मड्रिड , युभेन्टस र लेस्टर सिटी विजयी भएका छन्।

स्पोटिङ लेस्बनको घरेलु मैदानमा सम्पन्न समुह एफ अन्गर्तत सम्पन्न खेलमा स्पेनिस जायन्ट रियाल मड्रिडले घरेलु  टोलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलको  २९ औ मिनेटमा भरानेले गोल गर्दा रियाल मड्रिडले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। खेलको ६४ औ मिनेटमा स्पोटिङका जाओ परेरा रातो कार्ड खादै बाहिरिएपछि उ १० जना खेलाडीमा सीमित भएको थियो।

स्पोटिङका एड्रिन सिल्भाले खेलको ८० औ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। तर त्यसको ७ मिनेटपछि नै रियालका करिम बेन्जामिनले गोल गर्दै पहुना टोलीलाई २–१ को जित दिलाएका थिए।

यो जितसँगै रियाल मड्रिड ५ खेलबाट ११ अंकसहित समुह एफकोदोसूो स्थानमा रहदाँ बोरुसिया डर्टमुण्ड समान खेलबाट १३ अंक जोड्दै समुहको शिर्ष स्थानमा रहेको छ । उसले गए राती सम्पन्न अर्को खेलमा लेजिया वारलाई  ८–४ गोल अन्तरले पराजित गरेको हो।

त्यस्तै गए राती  समुह जि अन्र्तगत भएको खेलमा लेस्टर सिटीले क्लब बु्रजलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको ५ औ मिनेटमा गोल गर्दै लेस्टरका आकाजाकीले आफ्नो टोलीलाई सूरुवाती अग्रता दिलाएका थिए । खेलको ३० औ मिनेटमा मरहेजले पेनाल्टी मार्फत गोल गर्दै लेस्टरलाई पहिलो हाफमा  २–० को अग्रता दिलाएका थिए।

खेलको ५२ औ मिनेटमा क्लब बु्रजका इजिकार्डोले गोल खेललाई २–१ को अन्तरमा झारेका थिए । त्यपछि खेलमा कुनै गोल भएन र खेल लेस्टर सिटीले २–१ ले जित्न सफल भयो।

यता युभेन्टसले सेभिल्लालाई ३–१ गोल गन्तरले पराजित गर्दा मोनाकोले टोटनह्यामलाई २–१ गोल अन्तरले पराजित  गरेको छ ।
 

प्रकाशित: ८ मंसिर २०७३ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App