१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टीटीपी त्याग्ने ट्रम्पको घोषणापछि १२ देशले हस्ताक्षर गरेको सम्झौता के होला?

टोकियो—अमेरिकाका राष्ट्रपति निर्वा्चित डोनल्ड ट्रम्पले पदभार सम्हालेको पहिलो दिननै ट्रान्स प्यासिफिक पार्टनरशीप (टीपीपी) व्यापार सम्झौताबाट अमेरिकाले हात झिक्ने  बताएको एक दिन बित्न नपाउँदै जापानले यसमा प्रतिक्रिया दिँदै अमेरिकाबिना पनि सम्झौता अगाडि बढ्ने प्रतिक्रिया दिएको छ। जापानले अमेरिकाले हात झिके चीन यसको साझेदार बन्न तयार रहेको बताएको छ।

ट्रम्पले सोमबार मात्र जनवरीमा व्हाइट हाउस प्रवेश गरेपछि शुरुमा आफूले गर्ने कामको प्राथमिकता बताउँदै टीपीपीबाट हात झिक्ने कार्यतालिका सार्वजनिक गरेका थिए। टिपीपी भनिने सो व्यापार सम्झौता विश्वको अर्थतन्त्रको ४० प्रतिशत हिस्सा ओगट्ने १२ देशले हस्ताक्षर गरेका थिए।

उक्त टिपीपी सम्झौता राष्ट्रपति ओबामाको व्यापार नीतिको एक प्रमुख हिस्सा रहँदै आएको थियो। जापान र अष्ट्रेलियाले भने आफूहरु टीपीपी सम्झौताको पक्षमा रहेको मंगलबार बताएका छन्।

ट्रम्पले सोमबार मात्र जनवरीमा व्हाइट हाउस प्रवेश गरेपछि शुरुमा आफूले गर्ने कामको प्राथमिकता बताउँदै टीपीपीबाट हात झिक्ने कार्यतालिका सार्वजनिक गरेका थिए। टिपीपी भनिने सो व्यापार सम्झौता विश्वको अर्थतन्त्रको ४० प्रतिशत हिस्सा ओगट्ने १२ देशले हस्ताक्षर गरेका थिए।

सन् २०१५ मा हस्ताक्षर गरिएको उक्त सम्झौतामा जापान, मलेसिया, अष्ट्रेलिया, न्यूजील्याण्ड, क्यानडा तथा मेक्सिको सहभागी छन्। उक्त सम्झौता अनुमोदन हुन भने बाँकी थियो।

उक्त सम्झौताका पक्षधरकाले त्यसले आर्थिक सम्बन्ध गहिरो बनाइ वृद्धि हासिल गर्ने उद्देश्य लिएको बताउने गरेका छन् भने विरोधीहरुले सो सम्झौता गोप्य रुपले गरिएको र ठूला कम्पनीहरुलाई फाइदा हुने खालको भएको भन्ने गरेका छन्।

कार्यकालको पहिलो दिन आफूले चाल्ने प्रमुख ६ कदमका बारेमा उल्लेख गरेका थिए।  जसमा टिपीपीबाट फिर्ता हुने, अमेरिकी उर्जा उत्पादनमा लगाइएका तगारा हटाउने, व्यापारमा लागेका नियमन खुकुलो पार्ने, साइबर हमलासँग जुध्न योजना बनाउने, भीजा दुरुपयोग अनुसन्धान गर्ने तथा सरकारी सेवा छाडेकाहरुलाई पाँच वर्षसम्म कसैको पक्षमा लब्बिइस्टको काम गर्नबाट प्रतिबन्ध लगाउने रहेका छन्।

सोमबार जापानी प्रधानमन्त्री शीन्जो आबेले अमरिका विना ट्रान्स प्यासिफिक पार्टनरशीप व्यापार सम्झौता अर्थहीन हुने बताएका थिए। मंगलबार जापानी अधिकारीले भने अमेरिकाबिना पनि सम्झौता खत्तम नहुने बताएका छन् ।

प्रकाशित: ८ मंसिर २०७३ ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App