coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेमकिपा अध्यक्षमा पुनः विजुक्छें

भक्तपुर - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत रुपमा अध्यक्षमा चुनिएका छन् । पार्टीको भक्तपुरमा सम्पन्न सातौं महाधिवेशनबाट विजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

२०३१ सालमा स्थापित पार्टीको सातौ महाधिवेशनसम्म पनि विजुक्छें नै लगातार सर्वसम्मत रुपमा अध्यक्षमा चुनिंदै आएका छन् । सोमबार राति सम्पन्न बन्दसत्रमा सहभागी प्रतिनिधिहरूको सर्वसम्मतिले बिजुक्छेंलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

नया निर्वाचित कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काप्mले, नवराज कोइराला, जग्यबहादुर शाही रहेका छन् ।

त्यस्तै सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुग, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह सदस्यमा निर्वाचित भएका छन् । कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक सदस्यमा निर्वाचित भएको पार्टीले जनाएको छ ।  
    
 

प्रकाशित: ७ आश्विन २०७६ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App