coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ओस्लोमा भ्रमण वर्ष प्रचार

काठमाडौं – नेपालले मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु-याउने भन्दै रेगुलर एथेलिक्टस ग्रुप अफ स्टुडेन्टस (रागोस)ले नर्वेको ओस्लोमा भ्रमण वर्षको प्रचार गरेको छ।

सरकारले भ्रमण वर्ष मनाएर सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। सरकारको लक्ष्यलाई आफ्नो ठाउँबाट सहयोग गर्ने भन्दै नर्वेमा अध्ययन तथा बसोबास गरिरहेका विद्यार्थीको समूह रागोसले ओस्लोमा प्रचार अभियान थालेको हो। प्रचार अभियानमा करिब ७० जनाको सहभागिता रहेको रागोसका सदस्य माधव काफ्लेले जानकारी दिए।

काफ्लेका अनुसार भ्रमण वर्षलाई नर्वेमा एक विदेशीले स्वस्फुर्त रुपमा प्रचार गर्दै आएका छन्। नर्वेमा बस्ने अलेक्जेन्डर स्लोकोम्बे नामका बेलायती नागरिकले नर्वेका विभिन्न ठाउँमा नेपाली गीत गाएर भ्रमण वर्षको ब्यानरसहित प्रचार गरिरहेका छन्। आफूलाई अलेक्स नेपाली भन्न रुचाउने ती व्यक्तिको कार्यलाई थप हौसला प्रदान गर्न पनि रागोस लागेको उनको भनाइ छ।

आइतबार रागोसले ती नागरिकसहितको उपस्थितिमा नेपाली भेषभूषासहित भ्रमण वर्षको प्रचार गरेको छ। सांगीतिक कार्यक्रमसहित गरिएको प्रचारमा धेरै विदेशीले चासो राखेका थिए। रागोसले नेपाल भ्रमण वर्षको प्रचारमा आगमी दिनमा थप कार्यक्रम गर्ने योजना रहेको रागोसका अर्का सदस्य विक्रम बस्नेतले जानकारी दिए। आगमी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कसरी सकिन्छ भनेर डेनमार्कमा रहेको नेपाली दूतावास र नेपाल पर्यटन बोर्डसँग छलफल गर्ने तयारी भइरहेको बस्नेतको भनाइ छ।

प्रकाशित: ७ आश्विन २०७६ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App