७ वैशाख २०८१ शुक्रबार
समाज

विप्लव समूहको उपत्यका व्युरो इञ्चार्ज विक पक्राउ

काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको उपत्यका व्युरो इञ्चार्ज पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष प्रहरीको टोलीले व्युरो इञ्चार्ज नवीन विकलाई पक्राउ गरेको हो ।

उनलाई गएराति ललितपुरबाट विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको हो। प्रहरीले यसअघि उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेका थियाे । त्यसपछि विप्लव समूहले विकलाई लामाले सम्हाल्दै आएको उपत्यका इञ्चार्जको जिम्मेवारी दिएको थियो ।

प्रकाशित: ७ आश्विन २०७६ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App