८ वैशाख २०८१ शनिबार
समाज

पूर्व–पश्चिम राजमार्गमा ट्रक र कार ठोक्कियाे, ५ जनाकाे मृत्यु

नवलपुर – नवलपुरको पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार ठोक्किँदा पाँचजनाको ज्यान गएको छ । कावासोती नगरपालिका–८ मा पर्ने उक्त राजमार्गमा  राति सवा १० बजे ट्रक र कार ठोक्किँएको थियो। प्रहरीका अनुसार ज्यान गुमाउने सबै कारमा सवार रहेका थिए।

खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतिर छुटेको गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाका लागि छुटेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते पाँचैजनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो। नवलपरासीको देवचुली–१ केउरेनीका ३५ वर्षे दिपक भनिने पूर्णबहादुर बिक, देवचुली–५ का दिलबहादुर ढेगाँ मगर तथा कैलालीका सुरज राना मगरको पहिचान भएको हो । अरु दुईजनाको पहिचान हुन बाँकी छ ।

प्रकाशित: ७ आश्विन २०७६ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App