coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दशैंमा सबै सवारीमा दुई चालकको अनिवार्य, मापसे गर्नेलाई कडा कारवाही

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ।

महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले चाडपर्वका बेला मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कारवाही गर्ने स्पष्ट पारे। उनले त्यसका लागि ठाउँठाउँमा सवारी चालकहरुको चेकजाँचको व्यवस्था गरिएको पनि जानकारी दिए। 

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख ढकालले दशैंमा संचालन हुने सबै यातायातको साधनमा दुई जना चालकको अनिवार्य व्यवस्था गर्न पनि यातायात व्यवसायीहरुलाई सचेत गराए। त्यसो नगरिए प्रहरीले कडा कारवाही गर्ने पनि प्रमुख ढकालको भनाई छ।

प्रमुख ढकालले दशैंका लागि टिकट बुकिङ काउन्टरहरुमा लुटपाटजस्ता अपराधिक गतिविधि हुन नदिन सादा पोशाकका प्रहरी व्यापक रुपमा परिचालन गरिएको पनि स्पष्ट पारे। 

प्रकाशित: ६ आश्विन २०७६ १४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App