coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता

फाइल फोटाे

काठमाडौं– बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ। जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङ माग निर्माणको लागि सोमबार एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको हाजमा अन्डो कर्पाेरेशनबीच ठेक्का सम्झौता भएको हो।

४२ महिनाभित्र निर्माण सम्पन्न हुने गरी सो सुरुङ मार्गको ठेक्का सम्झौता गरिएको सडक विभाग, वैदेशिक समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।

सो सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर रहेको छ। ठेक्का सम्झौंतामा सो सुरुङ मार्ग निर्माणका लागि १३ अर्ब ५० करोड लाग्ने उल्लेख गरिएको छ। जापान सरकारले ४० वर्ष भित्र तीर्ने गरी सो सुरुङ मार्गका लागि ० दशमलव ०१ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो। 

प्रकाशित: ६ आश्विन २०७६ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App