काठमाडौं— संगीतसाधक शिशिर योगीले १ सय १ गीतको सँगालो एल्बम ‘माधुर्य संगीत’ बजारमा ल्याएका छन्। उनले नयाँ सिर्जना २४ वटा र ओझेलमा परेका बाँकी सिर्जनासहित जम्बो एल्बममा समावेश गरेका छन्।
नयाँ एल्मबमको विशेषता पनि विशेष किसिमको रहेको छ। ‘कुनै सिडी, डिभिडी वा युट्युबको एकाउण्टमा हैन विशेष किसिमको प्याकेजिङ सहितको पेनड्राइभ सिडी हो,’ गायक योगीले भने ,‘एल्बमको पनि पहिलो भाग हो जसमा मेरा मन परेका गीत संगीत छन्।’ एल्बमको अर्को विशेषता उनले गाएका गीतसँगै उनको छोरा संयोग योगीको स्वर समेत उनले गायकीको संसारमा एल्बममार्फत ल्याएका हुन्।
नयाँ नयाँ प्रविधिका अघि गीत संगीतको धार पनि परिवर्तन हुँदै गएको उनी स्वीकार्छन्। उहीले उहिले चारपाटे क्यासेटको चक्कामा रिल फनन् घुम्दै गीत सुन्थे।
चालीस,पचास र साठीको दशक उनको सृजनाका उर्बर समय हुन् । यस अवधीमा उनले साढेचारसय बढी सुमधुर संगीतमा स्वर भर्न भ्याए । ‘तर कतिपय गीत राम्रा भएर पनि स्रोताका माझ राम्ररी छाउन पाएन ,’उनी सुनाउँछन् ,‘अरु गीतका अघि तिनीहरु ओझेल परे त्यसैले स्रोताका लागि त्यो गीतहरु फेरि लिएर आएको छु ।’
नयाँ नयाँ प्रविधिका अघि गीत संगीतको धार पनि परिवर्तन हुँदै गएको उनी स्वीकार्छन्। उहीले उहिले चारपाटे क्यासेटको चक्कामा रिल फनन् घुम्दै गीत सुन्थे।
त्यसअघि ग्रामोफोनको तलपट्टि एउटा चक्का राखेर गीतहरु बजाइन्थ्यो । विस्तारै सिडीको विकास भयो । गोलो सिडीभित्र गीत छन् भन्दा ओल्टाई पल्टाई हेर्ने अवस्था पनि आयो। ईन्टरनेटको तीब्र विकाससँगै युट्युबमा गीत राखेर बजाउने,सुन्ने र सार्वजनिक गर्ने जमाना अहिले कायम छ। ‘युट्युबमा मेरा मुस्किलले ४० वटा गीत होलान् ,‘योगी भन्छन् बाँकी गीत स्रोताले कहाँ भेटाउने त्यसैले पेनड्राईभ सहितको एल्बम ल्याएँ।’
युट्युबमा हालिएका गीतको गुणस्तर र सुन्दाको आनन्द पेनड्राईभ एल्बमको तुलनामा निकै न्यून हुने दाबी उनले गरे । यो प्रविधिको एल्बमको सोच उनी स्रोतासँग नजिक हुन चाहनामा पनि ल्याएका हुन् । सांरगी त रेटेपनि बोल्छ मिठो बोली...यो गीत जब बजारमा आयो तब योगी नयाँ धारका दर्शकमाझ चर्चित बने । यो गीत गाउने मानिससँग भेट्न लालायित कयौं थिए।
‘त्यो तिर्सना अब मैले नयाँ एल्बमबाट मेट्दै छु ,’उनले नयाँ रहस्य खोले ,‘एल्बम बजारमा किन्न हैन मेरै हातबाट स्रोताले किन्न पाउनेछन् ।’ जसले स्रोतासँगको साक्षात्कारको मौका उनलाई मिल्नेछ। केहीदिन अघि पूर्व राजानिकट रहेको युवा शक्ति समुहको कार्यक्रममा गीत गाउँदै गर्दा भेटिएका उनी आफुलाई राजावादीभन्दा बढी राष्ट्रप्रेमी मान्छन् । ‘मैले राष्ट्रका लागि गीत गाउने हो जसले मन पराउँछन् उसका लागि गाईदिने हो जसले राजावादी भन्छन् सर्वथा गलत हो,’उनी बताउँछन् ।
यसअघि योगीले दुईवर्ष अघि समपर्ण तिमीलाई नामको एल्बम बजारमा ल्याएका थिए । त्यसपछि धेरै गीत उनको रेकर्ड भयो तर रिलिज भएनन् । पछिल्लो समय पसिना बगाउ अब रगत बगेर गैसक्यो ...बोलको गीत निकै चर्चामा छ । जुन गीत उनले एल्बम आउनु अघि नै विभिन्न समारोहमा गाएर सुनाउने गरेका छन् ।
शिशिर योगी आधुनिक संगीतका एक कुशल गायकका रुपमा स्रोताका माझ चिनिन्छन् । गायकीले नै जीवन धानिरहेका एक असल कलाकार उनी हुन् । तर डिजिटल युगले अरुलाई कति फाइदा पुग्यो कुन्नी मलाई त्यति फापेन उनी नयाँ बजारका बारेमा बोल्छन् मैले प्रत्यक्ष गाएकै भरमा कमाएर छोराछोरी र श्रीमतीको पालनपोषण भने गर्दै आएको छु।
गीत संगीतमा भने स्तरियता चाहिने उनी स्विकार्छन् । सुन्दा झलक्क राम्रो लागेपनि हतारमा र लामो साधना नगरि ल्याएका त्यस्ता गीत चाँडै हराउने गरेको उनी उल्लेख गर्छन् । ‘त्यो त पानीको फोका जस्तै हो मैले गाएका गीतहरु सदाबहार रुपमा स्रोताले मन पराएका छन् त्यसैले म संगीतको दुनियाँमा टिकेकै छु,’उनी नयाँ गीतसंगीतसँग आफ्नो गीतको तुलना गर्दै थप्छन् ।
उनका छोरा संयोगले सातवर्ष छँदा डिवी महेश पाल्पालीको गीत हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला...,राष्ट्रकवि माधव प्रसाद घिमिरेको रचना तथा उनकै स्वरको सांरंगी त रेटे पनि ...र लाटी चलचित्रको सुनकोशीमा मुखै धुने ...बोलको गीत योगीले एल्बममा समेटेका छन् ।
कुनै औपचारिक बिमोचन नगरि बजाएमा ल्याईएको उनको नयाँ सोचको जम्बो एल्बमको मूल्य भने दुईहजार पाँचसय रुपैयाँ रहेको छ । जुन एल्बमसँग उनका गीतहरुको शब्द संकलनको हाते पुस्तक निशुल्क पाउनेछन् । नयाँ सर्जकका लागि यो महत्वपूर्ण उपहार हुने उनले ठानेका छन् । एल्बममा बरिष्ट संगीतज्ञ अम्बर गुरुङ,शक्ति बल्लभ,सुरेश अधिकारी लगायत मूर्धन्य संगीतकारले संगीत दिएका छन् । रचनामा महाकवि लक्ष्मी प्रसाद देवकोटा,राष्ट्रकवि माधव प्रसाद घिमिरे ,बसन्त थापा लगायत नयाँ पुस्ताका राम्रा गीतकारका गीतहरु रहेका छन् ।
प्रकाशित: ८ मंसिर २०७३ ०६:०७ बुधबार