coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नबालक छोरीलाई विष खुवाएर बुवाद्वारा आत्महत्या

धनगढी — आइतवार साँझ २५ वर्षिय रामबहादुर कलेल तीन बर्षिया छोरी अनुष्काकालाई बोकेर दाजुको घर गए। राति खाना खाएपछि छुट्टै कोठामा छोरीसहित उनी सुत्न गए। रातिको ११ बजेतिर गिलासमा पानीमा सल्फास नामको विष  घुलाएर छोरीलाई खुवाए र त्यसपछि आफु पनि विष सेवन गरे।

उनको तीन वर्षिया छोरीको तत्कालै ज्यान गयो। कराएको अवाज सुनेर थाहा पाएपछि आफन्तले रामबहादुरलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुगाए। अस्पतालमा उपचार गर्दागर्दैै उनको ज्यान गएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए। छोरीलाई विष खुवाएर उनले आत्महत्या गर्नुको कारण नुखुलेपनि उनी श्रीमतीको आत्महत्या दुरुत्साहन मुद्धामा कारागार सजाय भोगेकाले मानसिक रुपमा तनावमा रहेको स्थानीयले बताएका छन।

४ वर्षअघि विवाह बन्धनमा बाधिएका राम कलेलको २३ वर्षिय पत्नी सरिता कलेल गत बैशाख १६ मा कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन्। उनीहरु बिच समान्य झै झगडा भैइरहने गथ्र्यो। आत्महत्या गरेपछि रामबहादुरविरुद्ध सरिताका माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरेका थिए। जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुरपक्षका लागि कारागार चलान गरेको थियो। गत साउन २२ गतेको अदालतले निर्दोष ठहर गरेपछि उनी छुटेका थिए।

कारागारबाट छुटेपछि उनले अर्को बिहे समेत गरेको डिएसपी बस्नेतले बताए।‘घरमा बिहे गरेर राखेको नयाँ पत्नी भएकाले दाजुको घरमा गएर कोठामा एक्लै भएका बेला छोरीलाई विष खुवाएर उनले आफू पनि विष सेवन गरेको पाइएको छ’उनले भने।

अपराध संहिता लागु भएपछि कैलालीमा आत्महत्या दुरुत्साहन गरेका उजुरी पर्ने क्रम बढ्दै गएको छ। कतिपय आत्महत्याका घटनामा निर्दोषले समेत दुःख पाउने गरेका छन्।

कैलालीमा एक वर्षको अवधीमा कैलालीमा १४ वटा मुद्दा दर्ता भएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार भुवन गिरीले बताएका छन।  दर्ता भएका मुद्धा मध्य एक जनालाई पुरपक्षका लागि कारागार चलान गरिएको छ भने आठ जना धरौटीमा रिहा, दुई वटा मुद्दामा अनुसन्धान जारी रहेको र एकजना साधारण तारेखमा छुटेको उनले बताए।

 

प्रकाशित: ६ आश्विन २०७६ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App