जापानमा 'नेपाल फेस्टिवल'को तयारी तीब्र

सोमबार, ०६ असोज २०७६, १५ : ५७ नारायण रिमाल

टोकियो — जापानको गुन्माकेनमा पहिलो पटक हुन लागेको 'नेपाल फेस्टिवल २०१९ गुन्मा'को तयारी तीब्र पारिएको छ।  नेपाली साझा समाजको आयोजनामा यही सेप्टेम्बर २८ र २९ तारिखमा हुने मेलालाई सफल बनाउन प्रचारप्रसारलाई तीब्रता दिएको हो।

सह आयोजककोरुपमा जापानको सरकारी निकायलेसमेत व्यवस्थापन र प्रचारप्रसारमा सघाएको छ। फेस्टिवलमा यहाँकाे आइजिमी नगरपालिका सह आयोजकको रुपमा रहेको छ। नगरपालिकाले सरकारी कार्यालयहरुमा प्रचार गर्नुका साथै आफ्नो सामाजिक सञ्जालमार्फत समेत प्रचारप्रसारको काम गरेको छ।

आइजिमी माचीका मेयर मुरायामा तोसिआकी स्वयं प्रमुख अतिथिको रुपमा सहभागी हुने फेस्टिवलमा आइजिमी प्रहरी प्रमुखसहित यहाँका सांसदको समेत उपस्थिति रहने आयोजक नेपाली साझा समाज गुन्माका अध्यक्ष बुद्धिशेरचनले जानकारी दिए।

फेस्टिवलमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारसहित नेपालको कला, संस्कृती तथो पर्यटकीय क्षेत्रबारेमा जानकारी दिइने छ। गुन्मा नेपाल फेस्टिवल २०१९ लाई सफल बनाउन आसा कल्चर एकेडेमी म्युजिक व्याण्ड जापानका कलाकारहरुको सहभागीता रहने भएको छ।

गायक सुर्य खड्कासहित भरत सुनुवार, खड्क पुन, बिनोद गुरुङ, दिनेश पुन, सन्देश श्रेष्ठ, अजय लामा, अशोक गुरुङ, दानबहादुर पुन, कुशल न्यौपाने लगायतको टोलीले नेपाली मौलिक बाजागाजासहितको सांगितिक प्रस्तुती दिने छन्। यसैगरि देउराली पञ्चे बाजा समूह टोकियो लगायत जापानमा रहेका नेपाली कलाकारको समेत प्रस्तुति रहनेछ। 

रञ्जय अमात्यको संयोजकत्वमा गठित कार्यक्रम संयोजक समितिले फेस्टिवलको तयारी व्यवस्थापनलाई तीब्रता दिएको छ।
नेपाल भ्रमण वर्षमा जापानी पर्यटक आकर्षित गर्ने लक्ष्यसहित फेस्टिवलमा नेपाली भेषभूषा र कला संस्कृति झल्किने विभिन्न सामग्री र मुख्य आकर्षणकोरुपमा रहने समाजका अध्यक्ष शेरचनले बताए।

सेप्टेम्बर २८ र २९ तारिख दुई दिने फेस्टिवल गुन्मा केन ओइजुमी माचीस्थित ईजुमी नो मोरिमामा हुँदैछ। नेपाल फेस्टिवल सफल पार्न जापानको सरकारी निकायनै सह आयोजक भएर प्रचारप्रसार गरिरहेकोे यो नै पहिलो पटक हो।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

Ncell Footer Ad