coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तराई अलग पार्दै प्रदेश टुक्र्याइए आन्दोलनको चेतावनी

अर्घाखाँची— सरकारले ५ नम्बर प्रदेशका पहाडी  जिल्लालाई टुक्र्याएर ४ र ६ प्रदेशमा लैजाने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा पेस गर्ने तयारी गरेको भन्दै ५ नम्बर प्रदेशका पहाडी जिल्लाका नागरिक आन्दोलित बनेका छन्। आफूहरूलाई हालको ५ नम्बर प्रदेशमै राखिनुपर्ने माग गर्दै पाँचवटा पहाडी जिल्ला आन्दोलित बनेका हुन्।  हाल ५ नम्बर प्रदेशमा रहेका अर्घाखाँची, गुल्मी र पाल्पालाई  प्रदेश ५ र  प्युठान र रोल्पालाई प्रदेश ६ मा गाभ्ने गरी सरकारले संविधान संशोधनको प्रस्ताव बुधबार संसद्मा पेस गर्ने चर्चा छ।

जिल्लाका सबै राजनीतिक पार्टीहरू ५ नम्बर प्रदेशलाई टुक्र्याइए आन्दोलन गर्न सहमत छन्।

अर्घाखाँचीवासीले ५ नम्बर प्रदेशबाट आफूहरूलाई टुक्र्याएमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। आफूहरूलाई प्रदेश ५ बाट अलग राख्ने गरी संविधान संशोधनको प्रस्ताव पेस नगर्न सरकारलाई सुझाव समेत दिएका छन् । मंगलबार जिल्ला सदरमुकाम सन्धिखर्कमा उद्योग वाणिज्य संघ र पत्रकार महासंघले संयुक्तरूपमा गरेको अन्तक्र्रियामा बोल्ने वक्ताले सरकारले माग सम्बोधन नगरे आन्दोलनलाई देशव्यापी बनाउने बताए।

जिल्लाका सबै राजनीतिक पार्टीहरू ५ नम्बर प्रदेशलाई टुक्र्याइए आन्दोलन गर्न सहमत छन्। नेपाली कांग्रेस जिल्ला सभापति विष्णु खनाल मुस्कानले ५ नम्बर प्रदेशलाई विभाजन गर्ने सरकारको निर्णय बेठिक भएको बताए । ‘पार्टी केन्द्रसँग यस विषयमा निरन्तर छलफल भइरहेको छ । केन्द्रले सहयोग गर्नेमा जिल्ला नेतृत्व विश्वस्त छ । पुरानै संरचनालाई कायम नगरे आन्दोलन गर्छौं,’ उनले भने।

एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले अहिलेको संविधान संशोधनका विषयमा आफ्नो पार्टीले असहमति जनाइरहेको र विदेशीको इसारामा संविधान संशोधन गर्न खोज्दा स्वाधीनता कमजोर हुने बताए । प्रदेश ५ का  शीर्षस्थ नेताहरू एकै ठाउँमा उभिए प्रदेश कुनै पनि हालतमा विभाजन नहुने उनको भनाइ छ।

नेकपा माओवादी केन्द्रकी जिल्ला सहसंयोजक छमकुमारी खनाल चिनारीले आफ्नो पार्टी नेतृत्वको सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी गरेको संविधान संशोधनको प्रस्ताव आफूहरूलाई मान्य नहुने बताइन् । उनले जिल्लाका सबै राजनीतिक दलहरूको एकतामा आन्दोलनलाई सार्थक तुल्याउने बताइन्। उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज कृष्णप्रसाद श्रेष्ठले तराई र पहाडका जिल्ला मिलेर ५ नम्बर प्रदेश निकै राम्रो बनेको र यसलाई टुक्र्याउने निर्णय गरेर सरकारले यस क्षेत्रका नागरिकमा चिन्ता थपेको बताए ।  उनले अखण्ड ५ नम्बर प्रदेशको पक्षमा यहाँका सबै व्यवसायी उभिने बताए।

पत्रकार महासंघ अर्घाखाँचीले धेरै पहिलेदेखि अखण्ड लुम्बिनीको पक्षमा आवाज उठाउँदै आएको अध्यक्ष शोभाखर पन्थीको भनाइ थियो । ‘लुम्बिनी अञ्चलका जिल्लालाई टुक्र्याउने गरी भएको निर्णय महासंघलाई स्वीकार्य छैन । सरकारले ५ नम्बर प्रदेशलाई अखण्ड राख्ने विषयमा समयमै ध्यान पु¥याएर नागरिकको भावनाको सम्मान गर्नुपर्छ,’ उनले भने।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अमर थापा, राष्ट्रिय जनमोर्चाका पूर्वकेन्द्रीय सदस्य सागर केसी, नेकपा माओवादी  (विप्लव) का जिल्ला सचिवालय सदस्य योगेन्द्र चौहान, नयाँशक्ति नेपालका गोकर्ण थापा, जनमुक्ति पार्टी लोकतान्त्रिकका टोपबहादुर बलाल, उद्योग वाणिज्य संघका महासचिव नेत्र भुसाल, पत्रकार महासंघका कोषाध्यक्ष गणेश खनाल, निर्माण व्यवसायी संघका कविराम खनाल लगायतले आन्दोलनको तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन् ।  
 

प्रकाशित: ८ मंसिर २०७३ ०५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App