८ वैशाख २०८१ शनिबार
राजनीति

साझा पार्टीकाे केन्द्रीय सदस्यमा केसी र पाठक थपिए

काठमाडाैं- साझा पार्टीले आफ्नो केन्द्रीय समितिमा दुई जना नयाँ सदस्य थपेको छ। सोमबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।

लामो समय नेपाल विद्यार्थी संघ र महिला संघमा क्रियाशील रजनी केसी पुरानो राजनीतिबाट देशको रूपान्तरण संभव नै नभएको महशूस गरेर साझा पार्टी लागेकाे बताइन्।

गतमहिना पोखरा विश्वविद्यालयको उपप्रशासकको पदबाट राजीनामा दिएकी उनले जनसंख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छिन्।

त्यस्तै शरदराज पाठक स्थापनाकालदेखि नै साझा पार्टी निर्माणमा सकृय छन्। ग्रामिण विकासमा स्नातकोत्तर तथा अर्थशास्त्र र अंग्रेजीमा स्नातक गरेका पाठक पूर्व पत्रकार हुन्। 

प्रकाशित: ६ आश्विन २०७६ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App