दाहालको भ्रष्टीकरण चिन्ता

सोमबार, ०६ असोज २०७६, ११ : ०९ जैनेन्द्र जीवन

‘सत्ताशक्ति भ्रष्टाचारउन्मुख हुन्छ, निरंकुश सत्ताशक्तित झन पूर्णरूपेण भ्रष्टाचारी हुन्छ’–उन्नाइसौँ शताब्दीका बेलायती इतिहासकार, दार्शनिक र राजनीतिज्ञ जोन ड्याल्बर्ग–एक्टन भदौ २३ गते एउटा ‘स्मृतिसभा’मा सत्तारुढ नेकपाका दुई अध्यक्षमध्येका एक र पूर्वमाओवादी केन्द्रका नेता पुष्पकमल दाहालले ‘...हामी कम्युनिस्टहरू(नै)’वैचारिक निष्ठा, नैतिक चरित्र र आचरणकादृष्टिकोणले धेरै नै स्खलित हुंँदै गएको,आत्मकेन्द्रित र व्यक्तिवादी हुंँदै गएको, आदर्शबाट विचलित हुन थालेको’(अर्थात आफूहरूको भ्रष्टीकरण भएको-मा ठूलो चिन्ताव्यक्त गरे,किन हो ?कम्युनिस्ट भ्रष्ट हुंँदैनन् भन्ने ‘स्कुलिङ’ र ‘इन्डक्ट्रिनेसन’बाट आएका हुँदा भ्रष्टीकरणबाट अचम्मित, निराश र दुःखी बनेका कतिपय सिधासादा कार्यकर्तालाई पार्टी नेतृत्व यसमा सचेत छ भन्ने देखाउनलाई हो कि? तर पार्टीको आफ्नै घटकका कार्यकर्तामाझ आफूहरूकै कमजोरीको सो स्वीकारोक्ति र चिन्तासम्भवतः देखावटी थिएन। भलैसो समस्या समाधानमा उनी कति गम्भीर छन् भन्नेचाहिँ बेग्लै हो।

शाश्वत मानवीय कमजोरी र वैचारिक शुद्धताको भ्रम
निकै भइसक्यो, नेकपाका नेता÷कार्यकर्तालाई सर्वसाधारणलेसम्पत्ति कमाउन ब्यग्र÷ब्यस्त राजनीतिक वर्गको अर्थमा‘कमाउनिस्ट’ भनी व्यंग्य गर्न थालेका। जुन परिचय अहिलेसत्तामा आएपछि झनै प्रगाढ हुँदोछ।आर्थिक उपार्जन हुने कुनै व्यवसाय नगरेका र पेशा नै राजनीति भएका उनीहरूमध्येका जतिलेसम्पत्ति कमाएकाछन्, त्यो सत्ताको नाजायज फाइदा लिएरै हो। यसरीमाथिको कालजयी उक्ति कम्युनिस्ट हुन् कि बुर्जुवा, सबैमा उत्तिकै लागु हुन्छ। मोहनविक्रम सिंह, मोहन वैद्य वा चित्रबहादुर केसीहरूकम्युनिस्ट भएकाले भ्रष्ट नभएका होइनन्, सत्तामा नगएकाले हुन् । जसरी किसत्तामा कहिल्यै जान नखोज्ने गैरकम्युनिस्ट कृष्ण पहाडी भ्रष्ट छैनन् ।

कम्युनिस्ट सरकार आएको डेढ वर्षपछि पनि जनताको अत्यधिक काम पर्ने सरकारी कार्यालयमा घूस खुवाउनैपर्ने अवस्थामा फरक आएको छैन।

वास्तवमाहामी कम्युनिस्ट भएकै कारण हामीमामानवीय कमजोरी हँुंदैन भन्नु वा हुनुहुँंदैन भन्ने ठान्नुउनीहरूको याअल्पज्ञान हो या त ढोँग याभ्रम।आफन्ती पुँजीवाद(‘क्रोनी क्यापिटलिज्म’ र उनीहरूको ‘जार्गन’मा भन्नुपर्दा दलाल पुँजीवाद)बाट आफू पूरै लाभान्वित उनीहरूमध्ये कति अझै पनि लाजै नमानी कम्युनिस्ट भनेका यस्ता हुन्छन् भन्दै इतिहासका कुनै त्यागीकम्युनिस्ट नेताको बढाइचढाइ बयान गरिरहेका हुन्छन् ।तर कम्युनिस्ट पनि बुर्जुवाझैँसदाचारी, भ्रष्टाचारी दुवैथरीहुन्छन् ।उनीहरूले अक्सर उदाहरण दिने गरेकासदाचारी हो ची मिन्हमात्र होइन, भ्रष्टाचारी निकोलाई चाउचेस्कु पनि कम्युनिस्ट नै थिए।त्यस्तै, हाम्रैप्रधानमन्त्रीहरूमा पनि जति सदाचारी मनमोहन अधिकारी थिए त्योभन्दा कम सदाचारी थिएनन्कृष्णप्रसाद भट्टराई वाअझ ‘प्रतिगामी’मरीचमान सिंह।

‘जनयुद्ध’का नायक दाहालकै पारिवारिक वृत्तबाट मात्रै एक दर्जन मानिस सत्ताशक्तिको यो यो पदमा छन् भनेर रङ्गीबिरङ्गी फेमिली ट्रिका स्केचसहित आमसञ्चारमाध्यमले सार्वजनिक गरेका ग¥यै छन् । उनको आयको स्रोत के हो ?जवाफ आउँदैन भने कार्यकर्तामाझ नैतिकताको सुर्ता गरेरमात्र हुन्छ?

खासमा यस्तो भ्रम कम्युनिस्ट पंक्तिमा रहन गएको कारण के हो भने उनीहरू विश्व इतिहास पनि माक्र्सकै (वर्ग संघर्ष) दृष्टिबाट मात्र पढ्छन् । हरेक कुरा पार्टीले सिकाएकै कोणबाट मात्र सोच्छन् ।स्वतन्त्र दार्शनिक वा विज्ञका रचना पढेर होइन कि लेनिनका राज्य र क्रान्ति, माओका लाल बुक पढेर धारणा बनाउँछन् । आफ्ना ती प्राधिकारले कम्युनिस्टहरूभ्रष्ट हुंँदैनन् भनेकाले अन्यथा कुरा आएमा पत्याउँंदैनन्, त्यस कुरामै शत्रुको षडयन्त्र देख्छन् । पछि नपत्याइनहुने भयो भनेचाहिँ त्यो भ्रष्ट पात्रलाई कम्युनिस्टनै होइन भन्दिन्छन् । माओकै कतिपय मानवीय कमजोरीका पक्ष उद्घाटित गरेर उनको मृत्युपर्यन्त २२ वर्षसम्म निजी चिकित्सक रहेका डा.लि झिसुइले लेखेका पुस्तक ‘द प्राइबेट लाइफ अफ चेयरम्यान माओ’ (१९९४) पढेमा स्वयम् माओनै कति ‘भगवान’ थिए भन्ने माओवादीहरूलाई पनि ज्ञात हुन्थ्यो।
रोग नयाँ, उपचार पुरानै

सच्चा कम्युनिस्टलेआर्थिक भ्रष्टाचार गर्दैनन् भन्नलाई उस बखतको चीन, रुसलगायतमुलुकका उदाहरण आज नेपाल वा अन्यत्र कतै पनि सान्दर्भिक हुंँदैन। किनकि उत्पादनलगायतका आर्थिक क्रियाकलापसँग सम्बन्धित अर्थतन्त्रको हरक्षेत्र राज्य अधीन रहेको र निजी सम्पत्तिपूर्णतया उन्मूलन गरिएको व्यवस्थामा आर्थिक भ्रष्टाचार गर्ने त सवालै आउँदैन।तर अब त्योखाले अर्थव्यवस्था विश्वबाटै असफल भई समाप्त भइसकेको छ। यहाँका लगायत संसारभरकै कम्युनिस्टहरूअर्थतन्त्रमा निजी क्षेत्रलाई प्रधान वा महŒवपूर्ण भूमिका दिने मोडेल अपनाइरहेका छन् ।अहिलेको नेकपा सरकारकै अर्थनीति पूर्ववर्ती कांग्रेस सरकारको अर्थनीतिभन्दा खासै भिन्न छैन।
यस्तोमा सत्तासीन कम्युनिस्टहरू त्यसरी नै भ्रष्ट बन्ने प्रबल सम्भावना रहन्छ जसरी बुर्जुवाहरू । अनि स्वाभाविक छ,त्यस्तो भ्रष्टाचारको निदान उनीहरूका प्राधिकार माक्र्स, लेनिन, स्टालिन, माओहरूका सूत्र, शिक्षा वा ‘प्रोफेसी’ ले दिँदैन। उनीहरूले बुर्जुवा भनी नाक चेप्राउने वा पुँजीवादी व्यवस्था भनी गाली गर्ने पद्धतिले नै दिन्छ। र ती हुन्, सत्ताशक्तिको प्रयोगमा नियन्त्रण र सन्तुलनको व्यवस्था, शक्ति पृथकीकरण, विधिको शासन, स्वतन्त्र न्यायालय, राज्य सञ्चालनमा पारदर्शिता, भ्रष्टाचार निरोधक संस्था र पद्धतिहरूको निर्माण (इन्स्टिच्युसनल बिल्डप),स्वतन्त्र प्रेस, जीवन्त नागरिक समाज, राजनीतिक, सामाजिक र शैक्षिक चेतनाको विकास आदि। वास्तवमा अब ‘वैचारिक शुद्धीकरण’बाट होइन, विश्वका लोकतान्त्रिक ‘पुँजीवादी’ मुलुकहरूले अपनाएर सफलभएका यी उपायबाट मात्र सबै किसिमको भ्रष्टाचार नियन्त्रण सम्भव छ भन्ने दाहालले बुभ्mनुपर्छ।

उनले बुझ्नुपर्छ कि भ्रष्टाचार न्यून (निमिट्यान्न त शायदै कहिले होला) गर्ने हो भने भ्रष्टाचार नियन्त्रण गर्ने (अदालतसमेतका) संस्थाहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्छ। तिनमा भागबन्डामा पदाधिकारीको नियुक्ति र कर्मचारीको पोस्टिङ गर्नबन्द गर्नुपर्छ। तिनलाई अधिकार र साधन सम्पन्न तुल्याउने, सक्रिय र जिम्मेवार बनाउनेर त्यहाँइमानदार, सक्षम र निडर मान्छे खटाउने काम गर्नुपर्छ। खोजी खोजी लोकमान जस्तालाई अख्तियारको प्रमुख आयुक्त बनाउने होइन। प्रेसले ल्याएका भ्रष्टाचारका तथ्यपरक रिपोर्टिङ ग्रहण गर्नुपर्छ । आफ्ना ‘अरिङ्गाल’ को बथान लगाएर तिनलाई गाली गर्ने होइन । पार्टीका आर्थिक स्रोतसाधन र खर्च पारदर्शी बनाउनुपर्छ । निर्वाचन आयोगमा बुझाउन कनीकुथी मिलाउने होइन। पार्टीले आन्तरिक आचारसंहिताहरू निर्माण गरी तिनलाई कडारूपमा लागु गर्नुपर्छ। अमिक शेरचन प्रतिवेदनझैँफासफुस पारिनुहुन्न। भ्रष्ट र आपराधिक क्रियाकलाप गर्ने आफ्ना कार्यकर्ता नपक्रन, पक्रेको भए छाड्न प्रहरी र सिडिओलाई दबाब दिनुहुन्न । जुन स्थानीयदेखि केन्द्रीय तहका नेतासम्म बराबर गरिहन्छन् ।

आदर्श र यथार्थ
यो विषयमा दाहालले त अहिलेमात्र बोले।घनश्याम भुसाल जस्ता बौद्धिक कम्युनिस्टहरूले तउहिल्यैदेखि भनेका भन्यै छन्–‘हाम्रा नेताको उठबस बिहान डन, दिउँसो तस्कर र काम नगर्ने ठेकेदार अनि बेलुकी भूमाफियासँग हुन्छ’ भनेर।सर्वसाधारणले स्वयम देखेका, बुझेका, भोगेका केही उदाहरण हेरौँ । जनतामारा यातायातको सिन्डिकेट हटाउने कुराकागजमा मात्र सीमित छ । जसमा मन्त्रीकै भूमिका सन्दिग्ध देखिन्छ। जनजनको स्वास्थ्यसँग खेलबाड गर्ने मेडिकल माफियालाई फाइदा पुग्नेगरी चिकित्सा शिक्षा विधेयक बनाइएको छ।भूमाफियासँग जोडिएर पनि कमरेडहरूको नाम आउँछ ।नाफामूलक विद्यालय, मेडिकल कलेज, हाइड्रो परियोजना, वित्तीय संस्था, सहकारी, मिडिया हाउस, म्यानपावर आदि आकर्षक व्यवसाय वा क्षेत्रमा थुप्रै कमरेडकोसंस्थागत वा व्यक्तिगत संलग्नता भेटिन्छ।
कम्युनिस्ट सरकार आएको डेढ वर्षपछि पनि जनताको अत्यधिक काम पर्नेसरकारी कार्यालयमा जनताले सजिलोसित सेवा नपाउने र बिचौलियामार्फत वा आफैँ‘च्यानल’ मिलाइ घूस खुवाउनैपर्ने अवस्थामाफरक आएको छैन । घूसबिना काम गर्नुपरे एकएक थोक बिङ्गो लाउने, झुलाउने, ढिला गरिदिने वा अझ कामै नगरिदिने पारा उस्तै छ। उता सत्तारुढ कम्युनिस्ट पार्टीकै अघोषित भ्रातृ संगठनका रूपमा रहेका (सम्भवतः लेभी नै बुझाउने) कर्मचारी संगठन आबद्ध कर्मचारी भने तिनैवा त्यस्तै मालदार अड्डामा खटाइन्छन् ।

अन्त्यमा,
कम्युनिस्ट सिद्धान्त र संहितानुसार घरमा नोकर नराख्ने र आफ्नो सबै काम आफैँ गर्ने सादगीका प्रतीक कम्युनिस्ट नेता कति होलान् ? सरकारी गाडी, त्यो पनि नचिनियोस् भनेर रातो प्लेट हाल्न लाएर कब्जा गर्ने, र सुरक्षा थ्रेटैबिना पनि थुप्रै सुरक्षा गार्ड घरमा राखेर कजाउने कम्युनिस्ट नेता कति छन् ?सुधार÷शुद्धीकरण गर्नै चाहे यी विवरण प्राप्त गर्न सात दिन पनि लाग्दैन। त्यस्तै, भेनेजुएला र क्युबाका पक्षमा उभिएर अमेरिकाको विरोध गर्नेतर आफ्ना छोराछोरीलाई पढ्न, काम गर्न र बसाइँ सराइ गर्न अमेरिका वा उसका सहयोगी ‘साम्राज्यवादी÷पुँजीवादी’ देशमा खुसुक्क पठाउनेनेता को कति छन् ? राजनीतिक झुकाव र सामाजिक÷निजी व्यवहारका बीचमा यत्रो विरोधाभाषभएपछि मान्छेआडम्बरी र ढोँगी हुन्छ कि निष्ठावान र आदर्श?‘जनयुद्ध’का नायक दाहालकै पारिवारिक वृत्तबाट मात्रै एक दर्जन मानिस सत्ताशक्तिको यो यो पदमा छन् भनेर रङ्गीबिरङ्गी फेमिली ट्रिका स्केचसहित आमसञ्चारमाध्यमले सार्वजनिक गरेकाग¥यै छन् । रहनसहनअनुसारको उनको आयको स्रोत के हो भन्ने आवाज निरन्तर उठेको उठ्यै छ जनस्तरबाटै। यस्ता कुराको कुनै जवाफ कहिल्यै आउँदैन भने कार्यकर्तामाझ नैतिकताको सुर्ता गरेरमात्र के हुन्छ?








यसमा तपाईको मत

अन्य समाचार

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

Ncell Footer Ad