४ वैशाख २०८१ मंगलबार
कला

फिल्म महोत्सवको नियमको विरोधमा निर्माता

वार्सा, पोल्यान्ड (एजेन्सी) – पोल्यान्डका फिल्म निर्माताले राजनैतिक आरोपका कारण फिल्म फिर्ता लिएपछि फिल्मकर्मीले फिल्म महोत्सवको कलात्मक स्वतन्त्रताको माग गरिरहेका छन्। उनीहरूले संस्कृति मन्त्रालय संलग्न हुने पोलिस फिल्म महोत्सवको छनोट प्रक्रिया स्वतन्त्र हुनुपर्ने माग राख्दै अपिल गरेका थिए।

फिल्म निर्माता समाजले पोलिस फिल्म महोत्सवको फिल्म छनोट प्रक्रियामा आयोजकलाई स्वतन्त्रता दिनुपर्ने बताइरहेका छन्। ‘संस्कृति मन्त्रालय संलग्न हुने पोलिस फिल्म महोत्सवको आयोजकलाई फिल्म छनोट प्रक्रियामा स्वतन्त्रता दिनुपर्दछ। फिल्म भनेको कलात्मक विधा भएकाले प्रोपागाण्डालाई प्राथमिकता दिइएको फिल्ममात्र महोत्सवमा छनोट हुनुहुन्न्,’अपिल गरिएको पत्रमा उल्लेख गरिएको छ। हालको सरकारका विपक्षी सत्तामा रहेको बेला सन् २०१२ मा सार्वजनिक भएको ‘पिरामिड योजना’ बाट प्रेरित फिल्म निर्माताले फिर्ता लिएपछि फिल्मकर्मीले फिल्म महोत्सवको कलात्मक स्वतन्त्रताको अपिल गरेका थिए।

‘सोलिड गोल्ड’ नामक फिल्मले आगामी अक्टोबरमा हुने चुनावअघि विपक्षलाई असर पु-याउने विश्वास गरिरहेको अवस्थामा निर्देशकले पुनःसम्पादन गर्न अस्वीकार गरेपछि निर्माताले फिल्म फिर्ता लिएका थिए। सरकारद्वारा नियन्त्रित टेलिभिजन टिभिपीसमेत यस फिल्मको निर्माता हो। ओस्कर विजेता पाभेल पाभलिकोवस्कीसहितका पोलिस फिल्म निर्माताहरूले महोत्सवका लागि फिल्म छनोट गर्दा आयोजक संस्थालाई स्वतन्त्रता दिनुपर्ने माग गरेका थिए।

प्रकाशित: ६ आश्विन २०७६ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App