८ वैशाख २०८१ शनिबार
समाज

आगलागीबाट २६ लाखको क्षति

भक्तपुर – भक्तपुरको बालकोटमा आइतबार आगलागी हुँदा २६ लाख बराबरको धनमाल नष्ट भएको छ।

सूर्यविनायक नगरपालिका २ बालकोटस्थित हनुमन्ते किनारामा रहेको मोरङ बिराटनगर महानगरपालिका ५ घर भई हाल सोही स्थान बस्ने ५० वर्षीया सरिता चौलागाईंले सञ्चालन गरेको मनकामना कपास उद्योगमा अचानक आगोलागी हुँदा धनमाल नष्ट भई उक्त क्षति भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएअनुसार आगलागीबाट कपडा पेल्ने मेसिन दुई थान, सोही मेसिनको मोटर दुई थान, बा ५४ प ६१६८ नम्बरको मोटरसाइकल एक थान, विभिन्न थरिका कपडा, कपास र सोही कपास उद्योगसँगै सटिएको टहरामा बस्ने कामदारहरुको लत्ता कपडा जलेको जनाएको छ।

परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलका अनुसार आगलागी नियन्त्रण गर्न नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, भक्तपुरका दुई वटा दमकल, ललितपुरबाट एक वटा, काठमाडौंबाट एकवटा गरी चारवटा दमकल, पानी ट्यांकर र स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासबाट आगो पूर्णनियन्त्रणमा लिन सफल भएको थियो।

प्रकाशित: ६ आश्विन २०७६ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App