coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुन लुटपाट गरेको आरोप लागेका असई फरार

काठमाडौं- सुन लुटपाट गरेको आरोप लागेपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामा फरार भएका छन्। काठमाडौको घुमुवा टोलिमा रहेका असई लामाले ३ असोजमा बौद्धमा सुन लुटपाट गरेको उजुरी प्रहरीमा परेपछि उनी फरार भएका हुन्।

परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले लामाको घट्नाबारे अनुसन्धान भइरहेकोले थप बताउन नमिल्ने जानकारी दिए। लुटेरासँग उनको संलग्नता देखिएको प्रहरीले स्रोतले जनाएको छ । लुटपाटमा संलग्न भएका एक जना व्यक्तिले प्रयोग गरेको मोटरसाइकल पनि लामाकै नाममा रहेको प्रहरी स्रोतले जनाएको छ। सुन लुटिएका पीडितले प्रहरीमा उजुरी दिएपछि असई लामा लुटपाटमा संलग्न रहेको खुलेको हो।

लुटपाटको घटना लगत्तै असई लामा फरार भएको प्रहरी स्रोतले जनाएको छ। ‘उनी विदामा छन् विदामा भएकाले उनी हाजिर हुन आएपछि मात्रै थप अनुसन्धान हुनेछ’, परिसर प्रमुख सुवेदीले भने। सो घट्नामा अन्य व्यक्तिहरुपनि संलग्न रहेकाले अनुसन्धान जारी रहेको उनको धारणा छ।

प्रकाशित: ५ आश्विन २०७६ १६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App