परम्परावादी विवाहलाई चुनौति दिने बङ्गलादेशी जोडी बन्यो भाइरल

आइतबार, ०५ असोज २०७६, २१ : ३३ नागरिक

बङ्गलादेश- बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा जताततै छाएका (भाइरल) भएका छन्।

यसले परम्पराको नाममा हुने महिला अधिकार हननका बिषयमा बहस तीब्र बनाइदिएको छ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार खाजिदा अख्तर खुशीले सयौँ जन्ती लिएर बेहुला तारिकुल इस्लामको घरमा पुगेका थिए। शनिबार सम्पन्न विवाह बङ्गलामदेशको पश्चिमी ग्रामिण जिल्ला मेहरपुरमा भएको हो।

मुसलमान परम्परा अन्य परम्पराका तुलनामा बढी कट्टर मानिने भएपनि एशियाली यस मुलुकमा भएको विवाह उत्सवले सामाजिक सञ्जालमार्फत विश्वभर चर्चा पाएको छ। खुशीले जन्ती लिएर बेहुलाकहाँ गएको घटनाले विश्वभर स्थापित मान्यतालाई उल्टाएको छ।

“हो, परम्परागतरूपमा यो असामान्य हो। तर, अन्य दिदीबहीनीहरूले पनि यसलाई ब्यवहारमा ल्याउने शाहस गरून् भन्ने ध्येयका साथ मैले नयाँ चलनको शुरूवात गरेँ,” खुशीले एएफपीसँगको कुराकानीमा आइतबार बताए।

विवाहका लागि बेहुला रहेका इस्लामका अनुसार उनीहरूको यो प्रयोगलाई परिवार र साथीहरूको साथ भएको थियो।

इस्लामले भने, “महिला पुरूषबीचको समान अधिकारका लागि लिङ्गगत विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ हामीले नयाँ प्रचलनलाई व्यवहारमा ल्यायौँ। यसलाई हाम्रो परिवार र समाजले स्वीकार ग-यो।” 

म विश्वस्त छु एक पुरुषले जे गर्नसक्छ त्यो महिलाले पनि गर्न सक्छिन् भन्ने एउटा नयाँ सन्देश हाम्रो विवाहले दिएको छ।

विवाहपछि उनीहरूको विवाहको फोटो तथा भिडियोहरू अनलाइन तथा सामाजिक सन्जालमा छाएको छ। यसले सामाजिक सन्जालमा विवाहको नयाँ अभ्यासबारेमा तातो बहस शुरू भएको छ।

विवाह परम्परावादी मूल्यमान्यता दरोसँग गाँजिएको बहुसङ्ख्यक मुसलमान रहेको १६ करोड ८० लाख जनसङ्ख्या रहेको मुलुक बङ्गलादेशका सञ्चारमाध्यमको मुख्य समाचार बनेको छ। 

बङ्गाली दैनिक प्रोथम आलोको वेबसाइटमा लेखक सद्दाक हसनले विवाहबारे लेख्नुहुन्छ, “पक्कै पनि यो हाम्रो संस्कार र संस्कृतिमा ठूलो समाचार हो।” अन्य लेखक तथा पत्रपत्रिकाले पनि घटनालाई एक फरक अभ्यासका रूपमा उल्लेख गरेका छन्।

 कतिपय पत्रपत्रिकाले त यसलाई विशेष महत्वका साथ छापेका छन्। केही किशोरहरूले बेहुली खुशीको प्रसंशा गर्दै भनेका छन्, “उहाँ शाहसी महिला हुनुहुन्छ। म उहाँजस्ता महिलालाई विवाह गर्न चाहन्छु।”

यसैगरी केहीले भने उक्त घटनालाई व्यापक आलोचना गर्दै यसले नव जोडी तथा उनको परिवारमा नराम्रो प्रभाव छाड्ने बताएका छन्। “त्यो परिवारलाई सजाँय दिनुपर्छ,” मोहम्मद अबुल हस्नतले च्यानल २४ को वेबसाइटमा लेखेका छन्।  एएफपी








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad