७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘एमालेलाई बाहिर राखेर संविधान संशोधन गरे हालत के होला ?’

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संघीयताको नाममा राष्ट्रलाई बन्धक बनाउन नहुने भन्दै विवादित ठाउँमा जनता र जनप्रतिनिधिको निर्णयअनुसार अघि बढ्नुपर्ने बताएका छन्।

‘नेपालमा संघीयता नै बाधक हो भने यसलाई जनमतसंग्रहबाट टुंगो लगाउनुपर्छ,’ मंगलबार रिपोर्टर्स क्लबमा उले भने, ‘यसको नाममा मुलुकलाई बन्धक बनाउने काम कसैले गर्नुहुँदैन, अबको भावी पुर्खा अलमलिएर बस्न हुँदैन र सक्दा पनि सक्दैनन् ।’
संविधान कार्यान्वयनको लागि निर्वाचन अनिवार्य आवश्यकत्ता रहेको उनले बताए।

‘संविधान कार्यान्वयनमा सीमांकनसँग जोडेर स्थानीय चुनाव गर्न नदिने हो भने, जति चुनाव हुन्छ त्यो गर्दै जानुपर्छ, अब मुलुकलाई चुनावविहीन बनाएर राख्नुहुँदैन,’ उनले भने।  

उनले विगतमा संविधान निर्माणको क्रममा मधेश केन्द्रित दलका केही व्यक्तिहरुलाई बाहिर राख्दा मुलुकले ठूलो समस्या भोगेको स्मरण गर्दै भने, ‘अहिले संविधान संशोधनको क्रममा हामी खुट्टा कमाई राखेको छौं भने एमालेजस्तो पार्टीलाई बाहिर राखेर संविधान संशोधन गर्ने हो भने भोलि यो देशको अवस्था के होला ?’

प्रकाशित: ७ मंसिर २०७३ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App