८ वैशाख २०८१ शनिबार
राजनीति

सबै भाषा र संस्कृतिको संरक्षण गराैं- पोखरेल

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सबै भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। उपप्रधानमन्त्री पोखरेलले भाषा, कला र संस्कृति सबै समुदायको पहिचान भएकाले त्यसको संरक्षण गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।

थारु समूदायको ठूलो पर्व जितिया पर्वको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हरेकले आफ्नो पहिचान जोगाउन पनि आफ्नो कला, भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने पनि बताए। उपप्रधानमन्त्री पोखरेलले सबैलाई मिलेर बस्न पनि जितिया पर्वले नेपाली समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

उपप्रधानमन्त्री पोखरेलले जातीय चाडपर्वहरुले नेपाली समाजलाई मिलेर बस्ने प्रेरणा दिईरहेको पनि बताए।

प्रकाशित: ५ आश्विन २०७६ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App