बुकिङ खुला भएपछि टिकट लिनेको भिड

आइतबार, ०५ असोज २०७६, १५ : ५६ नागरिक

काठमाडौं– वडादशैंका लागि बसको टिकट बुकिङ खुला गरिएको छ। आइतबारबाट काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।

बसको टिकट बुकिङ खुला भएसँगै टिकटका लागि लाईन बस्ने यात्रुहरुको भीड देखिएको छ। टिकट पाईदैन कि भन्ने आशंका पालेका यात्रुहरुको काठमाडौंको नयाँ बसपार्कमा भीड लागेको हो। सरकारले टिकटका लागि कुनै समस्या नभएको आश्वस्त पार्न नसकेपछि यात्रुहरु आत्तिएको अवस्थामा बस टिकटको अग्रिम बुकिङका लागि नयाँ बसपार्क पुगेका पाइएको अधिकारीकर्मीहरुले बताएका छन्। 

उनीहरुले सरकारले वृद्ध, असक्त महिलाहरुका लागि छुट्टै टिकट लाइनको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । नयाँ बसपार्कमा अनुगमनका लागि पुग्नु भएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले व्यवसायी र सरकारबीच भएको सहमति अनुसार टिकटको व्यवस्था नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले दशैंमा घर जान टिकट पाईदैन कि भन्ने आशंका यात्रुहरुमा रहेकाले त्यसको तत्काल व्यवस्थापन गर्नुपर्ने पनि बताए। वृद्ध, असक्त महिलाहरुका लागि टिकट लिने छुट्टै लाईनको व्यवस्था हुनुपर्ने सहमति पनि पालना नगरिएकोमा अध्यक्ष तिमिल्सिनाको आपत्ति छ।

यता, सुरक्षा निकायले भने टिकट लिन गएका यात्रुहरुलाई सास्ती दिने काम गरे बस व्यवसायीहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ। प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले टिकट लिने लाईनमा बिचौलिया भेटिए बस व्यवसायीमाथि कडा कार्वाही हुने चेतावनी दिए।

यता, सरकारले दशैंका घर जानका लागि यात्रुहरुको लागि सवारी साधनको अभाव हुन नदिने आश्वास्त पारेको छ । नयाँ बसपार्कमा भेटिएकी यातायात व्यवस्था विभागकी लेखा अधिकृत शारदा पाण्डेले यात्रुहरुलाई समस्या परेमा थप सवारी साधनको तत्काल व्यवस्था हुने जानकारी दिए। उनले पहिलो दिन टिकट लिन लाईनमा बसेका यात्रुहरु आत्तिएको अवस्थामा पाइएको उल्लेख गर्दै बस पाईदैन कि भन्ने आशंका नपाल्न पनि सबै यात्रुहरुलाई आग्रह गरे।

सरकारले टिकट बुकिङमा नागरिकलाई सहज बनाउन टिक काउन्टरको छेउमा नागरिक सहायता कक्ष पनि संचालनमा ल्याएको छ। यातायात व्यवस्था विभागले दशैंको टिकट बुकिङका लागि गौशाला, चाबहिल, कोटेश्वर, कलंकी र नागकढुंगामा पनि टिकट पाउने व्यवस्था गरिएको पनि जनाएको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

Ncell Footer Ad