७ वैशाख २०८१ शुक्रबार
प्रवास

संविधान दिवसः डेनमार्कबासी भन्छन्- एक पटक नेपाल गएर हेर्

शशि ढकाल 
कोपनहेगन- डेनमार्कमा  पाँचाैं संविधान दिवस मनाइएको छ। कार्यक्रममा डेनमार्क स्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि हरुका साथै डेनमार्कमा बस्ने नेपालीहरु, नेपालप्रति सद्भाव राख्ने धेरै डेनिस नागरिकको उपस्थिति थियो।

सम्बोधनको क्रममा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले संघीय संरचनासहित गणतन्त्रात्मक नेपालको संविधानले  प्रचलित सबै प्रजातान्त्रिक र मानव अधिकारको प्रत्याभूति गरेको बताए। उनले नेपाल  सरकारले आगामी वर्ष मनाउन लागेको भ्रमण वर्ष २०२० प्रसङ्ग जोड्दै  नेपालको भ्रमण गर्न कुटनीतिक नियोगका प्रतिनिधि तथा डेनिस नागरिकसँग अनुरोध गरे।

विश्वका १४ ठुला हिमालका साथै एक हजार तीन सयभन्दा बढी ६ हजार मिटर अग्ला  चुचुराहरु रहेको नेपाल,  जताततै घुम्ने ठाउँ भएको र  नेपालमा काठमाडौं उपत्यकाको ७ किलोमिटर घेराभित्र मात्र ७ वटा विश्व सम्पदा रहेको बताए।

कार्यक्रममा सहभागी डेनिस नेपाल समाजका अध्यक्ष इन्गर म्यारीले नागरिकसँग कुरा गर्दै आफुलाई साथीहरुले तिमी किन बारम्बार नेपाल जान्छौ भनेर प्रश्न गर्ने गरेको, जसको उत्तरमा आफुले एक पटक नेपाल गएर हेर, उत्तर तिमीहरु आफैले पाउँछौ भन्ने गरेको  बताइन्।

अर्का सहभागी डेनिस राजनीतिकसास्त्री योर्गन रेन्डसभिगले आफु नेपालको राजनिती संग परिचित भएको र नेपालको परिवर्तनलाई नजिकबाट नियाली रहेको बताए। नेपालमा हाल संविधान अनुसार काम भएको, राजनीतिक स्थायित्व भएको, बहुमतको सरकार भएको भएता पनि विकास चाँही सोचे अनुरुप नभएको उनले बताए। नागरिक दैनिक र रिपब्लिकाका नियमित पाठक उनको  नेपालको राजनीतिमा गहिरो अभिरुचि छ।

हालै वातावरण विषयमा विद्याबारिधि गरेका नेपाली इन्जिनियर रविकुमार  क्षत्रीले डेनमार्कमा बसेर पनि विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग संविधान तथा राष्ट्रिय दिवस मनाउन पाउनु गर्वको विषय भएको बताए। त्यस्तै गैरआवासिय नेपाली संघ डेनमार्कका अध्यक्ष रविन्द्र खड्काले नेपालबारे विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई नेपालको वर्तमानबारे यसरी जानकारी दिनु आफैमा एउटा राम्रो कदम भएको बताए।

सो अवसरमा डेनमार्कका प्रख्यात बाल साहित्य लेखक तथा नेपालका बालबालिकाका लागि नेपालमा विभिन्न परियोजना संचालन गरिरहेका सेली आर्चुल , डेनिस नेपाल समाजका उपाध्यक्ष ब्रिग्रेट निल्सनका साथै ठुलो संख्यामा नेपाल भ्रमण गरेका डेनिस नागरिकको उपस्थिति थियो।

कार्यक्रममा नेपाली पोसाक लगाएका बालिकाहरुले नाचगान प्रदर्शन गरेका थिए भने नेपाली कलाकार सन्तकुमार थापा मगर तथा मल्लिका प्रधानले नेपाली संस्कृति झल्कने विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए।

नेपाली दुताबासका तृतीय सचिब केशब राज पन्थीले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहभागी हरुलाई नेपाल झल्कने विभिन्न पोस्टर , नेपाल भ्रमण बर्ष २०२० को ब्रोसर तथा नेपाल सम्बधि जानकारी भएको ब्रोसर हरु उपलब्ध गराइएको थियो ।

प्रकाशित: ५ आश्विन २०७६ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App