coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लुटपाटमा संलग्न भएकाे आरोपमा ४ पक्राउ

महोत्तरी– डकैती गरेको आरोपमा प्रहरीले ४ युवालाई पक्रेको छ ।

कात्तीक १८ गतेका दिन राति सितापुर भंगहा ३ का ३५ वर्षीय नरेश यादवलाई आफनो दिदी घरबाट ज. ६ प. ९५९३ न. को मोटरसाइकलमा चढी आफ्नो घर फर्किने क्रममा रातु खोला पक्राउ परेका युवकहरुले घेरेर उनको साथमा रहेको १२ हजार नगद र डिस्कभर मोटरसाइकल र लेनोभो कम्पनीको मोवाईल लुटपाट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बिजलपुरा ६ का  २० बर्षीय मनोज कुमार महतो, धनुषाको लक्ष्मीनिबास–९ का २० वर्षीय अजय मण्डल, सोही ठाउँका २१ वर्षीय श्याम सुन्दर महतो र  २२ वर्षीय अनरजीत यादवलाई पिडित यादवलाई घेरेर लुटपाट गरेको आरोपमा पक्रेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराईले बताए ।

कात्तीक १८ गते राती ९ बजेको समयमा पक्राउ परेका युवकहरुले उनलाई लुटेको भन्दै प्रहरीमा पीडित यादवले उजुरी गरेपछि प्रहरीले उजुरीकै आधारमा अनुसन्धान गर्दै जाँदै चारै जनालाई पक्रेको प्रहरीले जनाएको छ।  

प्रकाशित: ७ मंसिर २०७३ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App