coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागु औषधसहित एक पक्राउ

महोत्तरी– लागु औषधसहित एक जना तस्करलाई इलाका प्रहरी कार्यालय गौशालाले पक्रेको छ।

इप्रका गौशालाका प्रमुख प्रहरी निरीक्षक शम्भु पोखरेलको नेतृत्वमा खटेको प्रहरी टोलीले गौशाला नगरपालिका १ बस्ने २६ वर्षीय सुरेश साहलाई तस्करी गरी ल्याएको लागु औषध सहित पक्रेको हो।

साहलाई भरतपुर २ बाट लागुऔषध कोरेक्स १८ बोतल, स्पास्मोप्रोक्सिभन १४४ ट्याब्लेट र नाइट्रोभट ७५ ट्याब्लेटसहित प्रहरीले पक्रेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी जनक भट्टराईले बताए।
 
ज ५ प ९९७८ नम्बरको मोटरसाइलकमा सबार भई भारतीय बजारबाट उक्त परिमाणको लागु औषध कालो झोलामा राखी ल्याउँदै गर्दा प्रहरीलाई शंका लागि चेक जाँच गर्दा उनको साथबाट लागुऔषध फेला परेको थियो।

साहलाई अहिले इप्रका गौशालामा राखी उनीमाथि लागुऔषध ओसारपसार मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: ७ मंसिर २०७३ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App