coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

थापाको विजयी सुरुआत

पोखरा- टेनिसका अन्तर्राष्ट्रिय भेट्रान खेलाडी कमल थापाले भारतीय खेलाडीलाई पराजित गर्दै पोखरामा शनिबार विजयी सुरुआत गरेका छन्।

शनिबारदेखि पोखरामा प्रारम्भ एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर विश्ववरीयता जी–४ टेनिस च्याम्पियनसिपमा थापाले ५५ वर्षमाथिको उमेरसमूहमा भारतीय खेलाडी एसएन वसिष्ठलाई सोझो सेटमा पराजित गर्दै गतिलो सुरुआत गरे।

थापाले वशिष्ठलाई पराजित गर्ने क्रममा सर्भिस प्वान्ट ब्रेक गर्दै ६–०, ६–२ सेटको सहज जित निकालेका थिए। कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित च्याम्पियनसिपको पहिलो दिन पोखरेली भेट्रान खेलाडी अनिल तुलाचनले करिमुल्लाह मुस्लिमलाई  ६–०, ४–६ ६–० ले पराजित गरे।

४५ वर्षमाथिको उमेरसमूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले कुलबहादुर तामाङलाई  ६–२, ६–२ ले  हराए। त्यसै गरी अर्को खेलमा उत्तम बोगटीलाई पोखरेली खेलाडी विकास गुरुङले ६–३, ६–१ ले पाखा लगाए। 

३५ वर्षमाथिको उमेर समूहमा सन्जयप्रकाश श्रेष्ठले अनिषसिंह गुरुङलाई ६–३, ६–० को  सोझो सेटमा पराजित गरेका थिए। यसै गरी अर्को खेलमा पोखराका युवा खेलाडी विकास गुरुङले अशोक गुरुङलाई ६–२, ६–२ ले पराजित गरे। 

सरकारले लिएको लक्ष्यअनुसार भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै खेलकुदको माध्यमबाट पनि बाह्य पर्यटन प्रवद्र्धन हुन्छ भन्ने विश्वाससहित बर्सेनि उमेरसमूहको आइटिएफ च्याम्पियनसिप गर्दै आएको कास्की जिल्ला टेनिस संघले जनाएको छ।

प्रकाशित: ५ आश्विन २०७६ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App